• होमपेज
  • विकास
  • मध्यपुरथिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास

मध्यपुरथिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास

  • सोमवार, पुस २, २०७५
मध्यपुरथिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास

मध्यपुरथिमि नगरपालिका–४ थिमि र सूर्यविनायक नगरपालिका–४ दधिकोट जोड्ने हनुमन्ते खोलामा नयाँ पुल निर्माण हुने भएको छ । निर्माणाधीन नयाँ पुलको आज प्रतिनिधिसभा सांसद महेश बस्नेतले शिलान्यास गर्नुभयो ।

मध्यपुरथिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाले आयोजना गरेको शिलान्यास कार्यक्रममा उहाँले भक्तपुरमा एकैसाथ एक दर्जन पुलको निर्माण कार्य अगाडि बढिरहेको बताउँदै गाउँगाउँमा पक्की सडक र सबै खोला तथा नदीमा पुल निर्माण कार्य भइरहेको बताउनुभयो ।

भक्तपुरको जनताले अबको चार वर्षमा चौतर्फी विकास देख्ने बताउँदै उहाँले विकासको विरोध गर्ने आफैँ सकिँदै जाने टिप्पणी गर्नुभयो । भक्तपुरको विकास अब कुनै हालतमा नरोकिने भन्दै विकासमा आएका समस्यालाई समाधान गर्दै लैजाने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रदेश नं ३ का सांसद शशिजङ्ग थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिका–४ का वडा अध्यक्ष कुमार श्रेष्ठ, कार्यक्रममा सभापति एवं सूर्यविनायक नगरपालिका–४ का वडा अध्यक्ष उत्तम थापालगायतले तीन तहको सरकारले विकासका लागि बजेट विनियोजन गरेकाले विकास तीव्रगतिमा अगाडि बढेको बताउनुभयो । आगामी असोजसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ डिभिजन सडक कार्यालय भक्तपुरको रु छ करोड १० लाखको लागतमा निर्माण शुरु भएको हो ।

पुलको निरीक्षण 

जनप्रतिनिधिले आज मध्यपुरथिमि नगरपालिकाको–४ र सूर्यविनायक नगरपालिकाका–३ बालकोट नयाँबस्ती जोड्न हनुमन्ते खोला निर्माण भइरहेको पुलको अनुगमन एवं अवलोकन गर्नुभएको छ । प्रतिनिधिसभा सांसद महेश बस्नेत, प्रदेश नं ३ का सांसद शशिजङ्ग थापा, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, एमाले अध्यक्ष वचन देउजा, प्रमुख जिल्ला अधिकारी नारायण भट्टलगायतले पुलको अवलोकन गर्नुभएको हो ।

डोलिडारको रु दुई करोड एक लाखको लागतमा निर्माण भइरहेको पुलको आज ढलान कार्य भइरहेको र ढलानको मजबुद, निर्माण कार्यको अवस्था लगायतका बारेमा उहाँले चासो व्यक्त गर्नुभएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि