• होमपेज
  • समाचार
  • विकास बैंकहरुको खराब कर्जा डरलाग्दो

विकास बैंकहरुको खराब कर्जा डरलाग्दो

  • मङ्लबार, मंसिर २५, २०७५
विकास बैंकहरुको खराब कर्जा डरलाग्दो

रातारात ७२ करोड चुक्ता पुँजीबाट २ अर्व ५० करोड पूँजी बृद्धि गरेसँगै विकास बैंहरुको खराब कर्जा बढेको छ । अधिकांश राष्ट्रिय स्तरका विकास बैंकहरुको खराब कर्जा अत्याधिक बढेको छ । नेपाल राष्ट्र बैंकले ५ प्रतिशत भन्दा बढी खराब कर्जा भएको विकास बैंकहरुलाई हस्तक्षेप गर्न सक्दछ । अधिकाशं विकास बैंकहरुको खराब कर्जा ३ प्रतिशत तल नै देखिन्छ । यो राम्रो संकेत पक्कै होइन ।

मुक्तिनाथ विकास बैंकको खराब कर्जा घटेको छ । अघिल्लो वर्ष ०.०३ प्रतिशत रहेको बैंकको खराब कर्जा घटेर ०.०२ प्रतिशतमा झरेको छ । यो राम्रो संकेत हो । गरिमा विकास बैंक लिमिटेडको खराब कर्जा घटेको छ । १.०२ प्रतिशत रहेको बैंकको खराब कर्जा घटेर ०.४८ प्रतिशतमा सिमित भएको छ ।
महालक्ष्मी विकास बैंकको खराब कर्जा ३.३९ प्रतिशत रहेको छ । ३.५५ प्रतिशत रहेको बैंकको खराब कर्जा कर्जा घटेको हो ।
गण्डकी विकास बैंकको पनि खराब कर्जा घटेरको छ । १.४० प्रतिशत रहेको बैंकको खराब कर्जा घटेर ०.४६ प्रतिशतमा झरेको छ । यो राम्रो संकेत हो ।
ज्योति विकास बैंकको खराब कर्जा ०.३९ प्रतिशत रहेको छ । गत वर्ष ०.८२ प्रतिशत रहेको खराब कर्जा घटेको हो ।
कैलाश विकास बैंकले खराब कर्जा घटाएके छ । बैंकको खराब कर्जा ०.३० प्रतिशत रहेको छ । गत ववर्ष बैंकको खराब कर्जा ०.९१ प्रतिशत रहेको थियो ।
कामना सेवा विकास बैंकले पनि खराब कर्जा घटाएको छ । २.११ प्रतिशत रहेको बैंकको खराब कर्जा समिक्षा अवधिमा घटेर १.७१ प्रतिशमा झरेको हो ।
लुम्बिनी विकास बैंकले पनि खराब कर्जामा सुधार ल्याएको छ । ३.१६ प्रतिशत रहेको बैंकको खराब कर्जा घटेर २.८६ प्रतिशत भएको छ । यो राम्रो होइन खराब कर्जा १ प्रतिशत भन्दा तल हुनुपर्दछ ।
ओम डेभलपमेन्ट बैंकको खराब कर्जा घटेको छ । १.५८ प्रतिशत खराब कर्जा रहेको बैंकले १.१७ प्रतिशतमा झारेको हो । यो प्राइम बैंकसँग मर्जर हुने भएको छ ।
सांग्रीला डेभलपमेन्ट बैंकले खराब कर्जा बढाएको छ । बैंकको खराब कर्जा २.४० प्रतिशत रहेकोमा बढेर २.४० प्रतिशत भएको छ । यो राम्रो सकेत मानिदैन । ०.९८ प्रतिशतबाट ह्वातै वढेर २.४० प्रतिशतमा पुग्नु भनेको बैंक व्यवस्थापन टिमको नालायकीपन देखिन्छ ।
देवः विकास बैंकको खराब कर्जा पनि बृद्धि भएको छ । १.७९ प्रतिशत रहेको उक्त बैंकको खराब कर्जा बढेर २.०९ प्रतिशत पुगेको हो । यो राम्रो संकेत पक्कै होइन ।

Facebook Comments

सम्बन्धित समाचार