• होमपेज
  • मनोरञ्जन
  • गुन्जनको  ‘माया कस्तो लाएँ’ को भिडियो 

गुन्जनको  ‘माया कस्तो लाएँ’ को भिडियो 

  • शनिबार, मंसिर १५, २०७५
गुन्जनको  ‘माया कस्तो लाएँ’ को भिडियो 

अमेरीकामा बस्दै आएकि गुन्जन उपाध्यायलाइ गायनमा खुबै रुचि छ । सानै देखि सांगीतिक माहोलमा रमाउदै आएकि गुन्जनले बाल्यकालमा धेरै गीत , भजन गाइन र केहि गीत रेकर्ड पनि गरिन् । उनले भर्खरै  ‘माया कस्तो लाएँ’ बोलको गीतको भिडियो सार्वजनिक गरेकि छिन्  ।
रेकर्डिङ देखि म्यूजिक भिडियो छायांकन र सम्पादन सबै अमेरीकामा नै गरिएको यो गीतलाइ गुन्जनका पिता तुंग नेपालले लेखेका हुन् भने संगीत पनि उनकै हो ।
नेपालमा रहँदा बिभिन्न बिधालयमा संगीत गुरु भएर काम गरिसकेका नेपालले अमेरीकामा पनि नेपाली गीत संगीत , सस्कृति जोगाउन र अहिलेको पुस्तालाइ नेपाली गीत संगीत , वाद्यवादनको संयोजन र प्रशिक्षण गराइरहेका छन् ।
नेपाल आफैमा गीतकार सगीतकार तथा गायक पनि हुन् । सार्वजनिक यो गीतको एरेन्ज भद्रेश्वर बर्मनले गरेका छन्
सार्वजनिक यस भिडियोमा रिता याम्फू र जिन जेङ्ग को अभिनय रहेको छ । भिडियोलाइ मन्जिल श्रेष्ठले छायांकन सम्पादन र निर्देशन गरेका हुन् । भिडियोको कन्सेप्ट तथा कथा अन्तरा उपाध्यायको रहेको छ ।
हेरौ यो भिडियो ।
Facebook Comments

सम्बन्धित समाचार