• होमपेज
  • मनोरञ्जन
  • कर्णराज गिरिको ‘त्यही केटीले’ म्युजिक भिडियो सार्वजनिक

कर्णराज गिरिको ‘त्यही केटीले’ म्युजिक भिडियो सार्वजनिक

  • शनिबार, मंसिर १५, २०७५
कर्णराज गिरिको ‘त्यही केटीले’ म्युजिक भिडियो सार्वजनिक

गायक कर्णराज गिरिको ‘त्यही केटीले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । कर्णराज गिरिले आज युट्युव मार्फत बजारमा आफ्नो नयाँ म्युजिक भिडियो ‘त्यही केटीले’ सार्वजनिक गरेका हुन् । बजारमा सार्वजनिक भएसँगै गीत निकै चर्चा पाएको छ ।
‘ह्याङ बनायौ’, ‘भाइरल भयो रे’, ‘फर्क परदेशी’, ‘देश रोइरहेको छ’, मेरी आमा’ जस्ता गीत गायर चर्चामा आएका कर्णराज गिरिले ‘त्यही केटीले’ बोलको गीत बजारमा ल्याएका हुन् । गीतले दर्शक स्रोताको मन जित्ने उनले विश्वास लिएका छन् ।
‘केहि समय अगाडी परदेशमा रहेका नेपालीलाई आह्वान गर्दै ‘फर्क परदेशी’ बजारमा ल्याए’ गायक कर्णराज गिरिले भने, ‘आज सार्वजनिक भएको गीतले भने युवा पुस्ताको मन जित्ने विश्वास लिएको छु ।’ गीतका शब्द जीवन बिसीका हुन् ।
म्युजिक भिडियोमा नेपालका नाम चलेका मोडल शिल्पा पोखरेल र दुर्गेश थापाको दमदार अभिनय रहेको छ । ‘तिम्रो आँखा गाजलु तिम्रो हेराई लजालु’ भन्दै दुर्गेशले सिल्पाको सुन्दरताको बयान गरेका छन् ।
गीतमा गायक कर्णराज गिरिले आँफै संगित भरेका हुन् । क्रान्ती केसीले भिडियोको निर्देशन तथा सम्पादन गरेका हुन् भने भिडियो काठमाण्डौ भित्रैको भुगोलाई केन्द्रमा राखेर निर्माण गरिएको छ ।
Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने