सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक दुई सय को मोबाइल टप अप १२ जनाले जित्न सक्ने्, त्यसैगरी साप्ताहिक रुपमा तीनजना विजेताहरुले दशहजार र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले एक लाख जित्न सक्ने्, उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रा.लि. १२ औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा १२,००,००० जित्न सक्ने घोषणा भएको थियो ।
यो अफर असोज १ गते देखि मंसिर २९ गते सम्मलागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ४३ जनाले २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा १५ जना विजेताले १०,००० जितिसकेका छन् । ती सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत विजेता छनौट गरिएको थियो ।
हालै गरिएको उपहार घोषणा अन्तर्गत कोरीयाको जीमनी ट्रान्स (सिटी एक्स्प्रेसको सहायक संस्था)बाट पैसा पठाई पहिलो महिनाको १००,००० को मासिक लक्की ड्र मा परी बासु थापा क्षेत्री विजेता घोषित भएका छन् । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार कम्पनीमा आयोजित एक कार्यक्रमबिच कम्पनीेका प्रबन्धनिर्देशक चन्द्र टण्डनले वितरण गरेका थिए ।