• होमपेज
  • समाचार
  • आइएमईको दशैंमा बिस लाख योजनाको पहिलो विजेता घोषणा

आइएमईको दशैंमा बिस लाख योजनाको पहिलो विजेता घोषणा

  • मङ्लबार, कार्तिक १३, २०७५
आइएमईको दशैंमा बिस लाख योजनाको पहिलो विजेता घोषणा

नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू जस्तैः– दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बिस लाख’ योजना अन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरेको छ ।

क्योदाइ रेमिटेन्स जापानबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही नेत्र बहादुर मल्ल सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’बाट पहिलो महिनाको विजेता घोषित भएका हुन् । सेवाग्राही मल्लले नगद एक लाख प्राप्त गर्नेछन् । आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा हालै आयोजित विजेता घोषणा कार्यक्रममा कम्पनीका प्रमुख संचालन अधिकृतद्वय खिलेन्द्र पौडेल र रुद्रराज पौडेलको उपस्थिती रहेको थियो ।

२०७५ सालअसोज ७ गतेदेखि शुरु भई २०७५ साल मंङ्सिर मसान्तसम्म लागुहुने सेवाग्राहीमुखी यस योजना अन्तर्गत अहिलेसम्म मासिक ‘लक्कीड्र’ बाट एकजना, साप्ताहिक ‘लक्कीड्र’ बाट पाँचजना र दैनिक ‘लक्कीड्र’ बाटतीन सयजना सेवाग्राहीहरू विजेता घोषित भइसक्नुभएको छ ।

योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुनसक्नु हुनेछ । आफ्नो स्थापनाकालदेखि नै विभिन्न सेवाग्राहीमूखि र व्यवसायीक साझेदारमूखि योजना सार्वजनिक गर्दै आइरहेको आइएमईले यसपालीका पर्वहरूमा देश विदेशमा रहनु भएका लाखौँ सेवाग्राहीहरूलाई लक्षित गरी प्रवद्र्धनात्मक योजनाजारी राखेको छ ।

योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरु मध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई ‘आइएमई पे’ मार्फत १००० को बिल भुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई १०,००० नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई रू.१ लाख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई २० लाख नगद प्रदान गरिनेछ ।

नेपाली समुदायमा मनाइने विभिन्न सांस्कृतिक पर्वहरूमा आफ्ना लाखौँ सेवाग्राहीहरूको भावनालाई मध्यनजर गर्दै यस्ता प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्ने परम्परा आइएमईले आफ्नो स्थापनाकालदेखि नै गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार