महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।
सोही कार्यलाई निरन्तरता दिँदै बैंकको केन्द्रीय कार्यालयले तिलागुफा ९, कालिकोट, कर्णाली घर भई हाल काठमाडौंको मीनभवन स्थित विनायक सुधा निकेतन माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत प्रशंसा ढकाललाई छात्रवृति प्रदान गरेको छ । विपन्न परिवारमा हुर्किएकी ढकाल अत्यन्त लगनशील तथा जेहेन्दार छात्रा हुन् ।
कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटद्वारा राष्ट्रिय नाचघर जमल, काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच बैकले ती छात्रालाई छात्रवृतिस्वरुप नगद रु.५०,००० (अक्षरेपी रुपैंया पचास हजार मात्र) को चेक हस्तान्तरण गरेको छ । पूर्व परराष्ट्र मन्त्री प्रकाश शरण महत ज्यूको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बैंकले ढकालको उच्च शिक्षा हाँसिल गर्न सघाउ पु¥याउने हेतुले छात्रवृति प्रदान गरेको हो ।
बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।