• होमपेज
  • मनोरञ्जन
  • गणेश र सीताको दशैँ कोशेली

गणेश र सीताको दशैँ कोशेली

  • सोमवार, अशोज २९, २०७५
गणेश र सीताको दशैँ कोशेली

नेपाली लोकदोहोरी विकाशमा समर्पित म्युजिक बैंक नेपालको प्रस्तुतीमा गणेश घर्ति मगर र गायिका सीता घर्ति मगरकोआवाजमा सजिएको मौलिक दशैँ गीत ‘ ए प्यारी ’ भिडियो बजारमा आएको हो ।

परदेशी माइती र चेली विचको सम्वादलाई मौलिक रुपमा प्रस्तुत गरिएको छ । परदेशमा गएको आफनो दाजुको यादमा बैनीले ब्यक्त गरेको वियोगान्त भोगाईलाई समेटिएको छ ।

गणेश घर्ति मगरको शब्द तथा लय सिर्जनामा गीत सजिएको छ । गीतमा एरेन्ज महेश पुनको रहेको छ भने गीतलाई विजय बुढाले रेकर्ड गरेका हुन । सुरेश श्रेष्ठको छायाँकन , नविन धर्ति मगरको सम्पादन , भगिरथा गाहा मगरको निर्देशन भिडियोमा रहेको छ । ‘ ए प्यारी ’ गीतको भिडियोमा अञ्जली अधिकारी , चन्द्र शेखर शाहीको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

https://www.youtube.com/watch?v=x_AU5mUg5Nc&authuser=1

Facebook Comments

सम्बन्धित समाचार