• होमपेज
  • अर्थ/वाणिज्य
  • होटेल शम्बलामा मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई विशेष छुट

होटेल शम्बलामा मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई विशेष छुट

  • सोमवार, अशोज २२, २०७५
होटेल शम्बलामा मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई विशेष छुट

मुक्तिनाथ विकास बैंक लि. र होटेल शम्बला, महाराजगञ्ज काठमाण्डांै बीच एक सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिजाडेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त होटेल शम्बलावाट विभिन्न सेवा सुविधामा १५% सम्मको विशेष छुट दिने व्यवस्था भएको छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र होटेल शम्बलाकोे तर्फबाट बजारीकरण विभागका निर्देशक रबिन मानन्धरले हस्ताक्षर गर्नु भएको छ ।

यो सुविधा लिन यस विकास बैंकको भिजा डेविट कार्ड देखाए मात्र पनि उक्त छुट सुविधा प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार