• होमपेज
  • फिचर
  • दशैंको लागि टिकट बुकिङ्ग खुल्ला

दशैंको लागि टिकट बुकिङ्ग खुल्ला

  • मङ्लबार, अशोज ९, २०७५
दशैंको लागि टिकट बुकिङ्ग खुल्ला

भूपेन्द्र अचार्य । दशैँ मनाउन घर जाने यात्रुहरुलाई लक्षित गरी असोज ९ (आज) देखि अग्रीम टिकट बुकिङ खुला हुने भएको छ । भदौ ३१ गते यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बसेको बैठकले असोज ५ गतेदेखि खुल्ला गर्ने निर्णय गरेपनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको भन्दै यातायात व्यवसायीले टिकट बुकिङ खुल्ला गर्न मानेका थिएनन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको बैठकले सरकारले सवारी साधनको भाडा १० प्रतिशत बढाउने निर्णय गरेको भन्दै टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो । महासङ्घका महासचिव पुन्यप्रसाद (सरोज) सिटौलाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिअनुरुप सार्वजनिक यातायातको भाडा दर समायोजन भएपछि टिकट बुकिङ खुलाउने निर्णय गरेको जानकारी दिए ।

टिकट खुल्नमा दोस्रो कारण सरकारले गत बैशाख देखि बस व्यवसायीहरुको खाता रोक्का । नेपालीहरुको महान चाड वडा दशैं तथा तिहारको मौका छोपी व्यवसायीहरुले सरकारबाट आफ्नो सबै माग पुरा गर्ने रणनीतिलाई मूर्तरुप दिएका छन् । आफ्नो समितिको नाममा रहेको बैंक खाता फुकुवा देखि लिएर भाडाबृद्धि समेतका योजनालाई व्यवसायीहरुले समय अनुकुल मिलाएर सरकारबाट माग पुरा गराएका हुन ।

दशैं तथा तिहारमा काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा मानिसहरु आफ्नो घर फर्कने गर्दछन् जसका लागि सडक यातायात मुख्य तथा प्रमुख हो । जसका लागि सरकारले ती खाता फुकुवा गरेको हो ।

सरकारले माग पुरा पनि किन नगरोस् राजधानीका चारवटा नाकामार्फत दशैंमा दैनिक करिब तीन हजार पाँच सयको संख्यामा लामो दुरीको बस उपत्यकाबाट बाहिरिन्छ । सामान्य दिनमा भने करिब दुई हजार सवारी साधन बाहिरिने गरेको छ । दसैंको समयमा दैनिक करिब एक लाखभन्दा बढीको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गर्छन् ।

सामान्य दिनमा दैनिक करिब ४५ हजार यात्रु बाहिरिने गरेका छन् । दशैंमा करिब २६ लाख यात्रु उपत्यकाबाट बाहिरिने गरेको विगतका तथ्याङ्कले देखाएको छ । यति ठूलो संख्यामा उपत्यकाबाट बाहिरिने जनतालाई व्यवस्थित गर्नको लागि सरकारसँग कुनै ठोस बिकल्प पनि छैन ।

यो तुरुन्तै बिकल्प निस्कने किसिमको समस्या पनि होइन जसले गर्दा सरकाले यातायात व्यवसायीहरुसँग हो मा हो मिलाउनु सिबाय अरु कुनै बाटो नरहेको देखिन्छ । जसले गर्दा अब आउँदा दिनहरुमा सरकारले यि र यस्ता समस्याहरुलाई आगामी दिनहरुमा नजर अन्दाज गर्नु जरुरी छ ।

Facebook Comments

सम्बन्धित समाचार