• होमपेज
  • बीमा
  • ज्योति लाईफ दोश्रो वर्षमा प्रवेश

ज्योति लाईफ दोश्रो वर्षमा प्रवेश

  • मङ्लबार, अशोज ९, २०७५
ज्योति लाईफ दोश्रो वर्षमा प्रवेश

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रथम वर्ष सफलताका साथ पुरा गरि दोश्रो वर्षमा प्रवेश गरेको छ ।

सञ्चालनको एक वर्षमा देशका विभिन्न भागमा ७५ वटा शाखा संजाल बिस्तार गरेको छ ।त्यस्तैगरि, विभिन्न ७ वटा आकर्षक जीबन बीमा योजना जारी सर्वजनिक गरेको कम्पनीले जनाएको छ । १८१ करोड रुपैयाँ लगानी, कुल बीमाङ्क ४ अर्ब रुपैयाँ, ३७ करोड वीमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ ।

वार्षिकोत्वको अवसरमा कम्पनीले संगठनमा कार्यरत कर्मचारीहरुको लागि सम्पुर्ण बीमा सुविधा सहित सामूहिक म्यादी जीबन बीमा योजना समेत जारी गरेको कम्पनीले जानकारी दिएको छ । उक्त बीमा योजना अन्तर्गत कर्मचारीहरुको बीमा गराइ श्रम ऐन २०७४ मा उल्लेख भएको व्यवस्थाको पुर्ण परिपालना गर्न सकिने प्रतिवद्धता कम्पनीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार