• होमपेज
  • अर्थ/वाणिज्य
  • सनराइज बैंकद्धारा वीरायतन नेपाललाई सहयोग

सनराइज बैंकद्धारा वीरायतन नेपाललाई सहयोग

  • आइतवार, अशोज ७, २०७५
सनराइज बैंकद्धारा वीरायतन नेपाललाई सहयोग

सनराइज बैंक लिमिटेडको एघारौं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले अनाथ तथा असाहाय बालबालिकाहरुको संरक्षणको निम्ति काम गर्दै आईरहेको सानेपा, ललितपुरमा अवस्थित गैर सरकारी संस्था वीरायतन नेपाललाई रु. ५००,०००।– नगद सहयोग प्रदान गरेको छ ।

उक्त संस्थामा आश्रीत सम्पूर्ण बालबालिकाको उचित स्याहार–शुसार, पठन–पाठन, खान–पान तथा उनीहरुको समुचित विकाशका निम्ति हुने खर्चका लागि उक्त रकम बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडले हस्तान्तरण गरेका छन् ।

उक्त समारोहमा बैंकका संचालकहरु ई. बच्छराज तातेड्, ज्योति कुमार बेगानी, ओम्कृष्ण जोशी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारीको लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सो समारोहमा परम् पुज्य साद्वी शीलापि जी महाराजले सन्राइज बैंकको सहयोगका लागी धन्यवाद ज्ञापन गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार