• होमपेज
  • बजार
  • भरतपुरमा रु १६ करोडको तरकारी बजार

भरतपुरमा रु १६ करोडको तरकारी बजार

  • आइतवार, अशोज ७, २०७५
भरतपुरमा रु १६ करोडको तरकारी बजार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दशक विकासमा एकता र सङ्कल्प गर्नुपर्ने बताउनुभएको छ ।

कृषि प्रवद्र्धन बजार विकास प्रालिले यहाँ निर्माण गरेको भरतपुर महानगर फलफूल तथा तरकारी बजारको आज उद्घाटन गर्दै उहाँले कृषिमा आधुनिकता र व्यावसायिकताका निम्ति बजार व्यवस्थापन महत्वपूर्ण हुन्छ भन्दै राम्रो, व्यवस्थित, कृषक र उपभोक्ता नठगिने बजार भएमा मात्रै उत्पादन बढाउन सकिने बताउनुभयो ।

हालै आफू चीन र भारतको भ्रमणमा जाँदा त्यहाँका उच्च अधिकारीले समेत भरतपुर महानगरको विकासमा चासो व्यक्त गरेको जानकारी दिँदै उहाँले राप्ती र नारायणीको किनारबाट चक्रपथ निर्माण गरी नेपालकै नमूना महानगरपालिका बनाउनुपर्ने तथा दुवै नदीको पानीको उपयोग गरी जलयात्रा र पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्वअर्थमन्त्री तथा नेकपाका नेता सुरेन्द्रप्रसाद पाण्डेले व्यावसायिक रुपमा एउटा क्षेत्रमा एउटा कृषि उत्पादन गर्न सकिएमा स्वदेशलाई धानेर निर्यात गर्न सकिने बताउनुभयो । यहाँका ६६ व्यवसायीको लगानीबाट तरकारी बजारको निर्माण गरिएको हो । हालसम्म रु १४ करोड खर्च भइसकेको प्रालिका प्रबन्ध निर्देशक थिरप्रसाद धितालले बताउनुभयो ।

उहाँका अनुसार बजारमा सडक कालोपत्रलगायत काम बाँकी छ । सबै काम सम्पन्न गर्दा रु १६ करोड लगानी हुने अनुमान छ । भरतपुर महानगरपालिका वडा नं २ क्षेत्रपुरमा १६ वर्षका लागि तीन बिघा जग्गा भाडामा लिएर २२० कक्षसहितको सुविधासम्पन्न बजार निर्माण गरिएको हो ।

फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घको सक्रियतामा कृषि प्रवद्र्धन बजार विकास प्रालि निर्माण गरेर थोक तथा खुद्रा बजार बनाइएको हो । तरकारी बजारमा चिया खाजाका लागि दुई खाजाघर, शौचालय, पर्याप्त पार्किङस्थल र खानेपानीको व्यवस्था छ ।

प्रालिका अध्यक्ष शालिग्राम घिमिरेले काठमाडौँको कालीमाटी बजारभन्दा व्यवस्थित बजार आफूहरुले निर्माण गरेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “कालीमाटीमा ४० रोपनी जग्गा छ, हाम्रो ३९ रोपनी छ तर त्यहाँको भन्दा धेरै सटर र व्यवस्थित हामीले बनाएका छौँ ।” गत फागुनदेखि निर्माण शुरु गरिएको बजार छोटो अवधिमै सम्पन्न भएको हो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने