• होमपेज
  • समाचार
  • सिटी एक्सप्रेसको सिगेसँग साझेदारी

सिटी एक्सप्रेसको सिगेसँग साझेदारी

  • शुक्रबार, अशोज ५, २०७५
सिटी एक्सप्रेसको सिगेसँग साझेदारी

सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस पनी ट्रान्सफरबीच रेमिटेन्स सेवा सुरु गर्ने समझदारी भएको छ। अमेरिकाको १५ हजारभन्दा बढि एजेन्ट र बिश्व भरी १३० भन्दा बढि देशहरुमा आफ्नै छुट्टै सञ्जाल भएको सिगेसँग सिटी एक्सप्रेस जोडिएको हो।

यो सेवा सुरु भएपछि अमेरिकामा रहेको कुनैपनि नेपालीले जुनसुकै राज्यबाट सिगे मनी ट्रान्सफरमार्फत नेपालको कुनैपनि बैंक खातामा रकम जम्मा गर्न सक्ने छन्।

सम्झौतापत्रमा सिटी एक्सप्रेसको तर्फका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिगेका चिफ अपरेटिङ अफिसर जोसेफ क्याचेले हस्ताक्षर गरेका छन्। सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छट्टै पहिचान बनाउँदै बिगत १२ बर्षदेखि विदेशबाट पठाएको रकम आफ्ना ६ हजारभन्दा बढी नेपालका एजेन्टहरुमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ।

Facebook Comments

सम्बन्धित समाचार