• होमपेज
  • समाचार
  • आइएमईका ग्राहकलाई बोटो मः मा विशेष छुट

आइएमईका ग्राहकलाई बोटो मः मा विशेष छुट

  • आइतवार, भदौ ३१, २०७५
आइएमईका ग्राहकलाई बोटो मः मा विशेष छुट

काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र चुनदेवी मार्ग गणेश वस्ती महाराजगंज काठमाडौंमा अवस्थित बोता मः मवीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरूले बोता मः ममा १५ प्रतिशत विशेष पाउनुहुनेछ ।

काठमाडौंमा चार (४), ललितपुरमा एक (१) र भक्तपुरमा आउँदै गरेको एक (१) सहित कुल छ (६) आउटलेट रहेको बोता मः मका सबै आउटलेटमा यो सम्झौता लागु हुनेछ । यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्नेछ ।

सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट ब्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र बोता मः मको तर्फबाट अपरेशन इन्चार्ज बिजीन प्रधानले हस्ताक्षर गरेका छन् । यो सम्झौता यहि मिति २०७५ साल असोज ०१ गतेदेखि दुई वर्षसम्मका लागि लागु हुनेछ ।

आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ७४ आइएमई सेन्टर सहित ७७ जिल्लाका ८ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार