• होमपेज
  • अर्थ/वाणिज्य
  • महालक्ष्मी विकास बैंकद्वारा पानी वितरण

महालक्ष्मी विकास बैंकद्वारा पानी वितरण

  • आइतवार, भदौ ३१, २०७५
महालक्ष्मी विकास बैंकद्वारा पानी वितरण

महालक्ष्मी विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको केन्द्रीय कार्यालयले हिन्दु महिलाहरुको महान् चाड हरितालिका तीजको पावन अवसरमा श्रद्घालु भक्तजनहरुका लागि शुद्घ पिउने पानी वितरण गरेको छ । उक्त कार्यक्रममा बैंकले बिहान ६ बजे देखि साँझ ७ बजे सम्म दर्शनार्थीहरुलाई पानी वितरण गरेको थियो ।

बैंकको कालीमाटी शाखाले भने ऋषि पञ्चमीको अवसरमा टेकु, काठमाडौँमा अवस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शन गर्न आउनु हुने श्रद्घालु भक्तजनहरुका लागि निःशुल्क स्वास्थ्य शिविर लगायत शुद्घ पिउने पानी तथा जुस वितरण कार्यक्रम आयोजना गरेको छ ।

ब्लु क्रस अस्पतालको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा करिब ५०० जना प्रत्यक्ष लाभान्वित भएका थिए ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)