• होमपेज
  • पर्यटन
  • बृहत् गुरुयोजनाको खाका तयार

बृहत् गुरुयोजनाको खाका तयार

  • आइतवार, भदौ ३१, २०७५
बृहत् गुरुयोजनाको खाका तयार

उदयपुर जिल्लाको मध्य पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको धार्मिक तीर्थस्थल रौता पोखरीलगायतका अन्य क्षेत्रको धार्मिक र पर्यटकीयस्थलका रुपमा विज्ञ र इञ्जिनियरको अध्ययनबाट दिर्घकालीन विकास गर्न रु १५ करोडको योजना प्रस्तुत भएको छ ।

सो गुरुयोजना सञ्चालनका लागि शनिबार रौतामाई गाउँपालिकाको मुर्कुची बजारमा एक कार्यक्रमबीच योजनाको खाका विज्ञसहितका टोली र गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले प्रस्तुत गर्नुभयो । रौतामाईको धार्मिक तीर्थस्थल रौतापोखरीमा धार्मिक र पर्यटकीयस्थलका रुपमा विकास गर्न होटल, गेष्ट हाउस, भ्यू टावर, सवारी पार्किङस्थलसम्मको योजनाको खाका तयारी गरी विज्ञ डा प्रेम शर्माले प्रस्तुत गर्नुभएको हो ।

रौताको रौतामाई पोखरीदेखि ओडारे झर्ना, माझखर्क क्षेत्रको स्थान महत्वपूर्ण धार्मिक तथा पर्यटककीयस्थल रहेका कारण यसका लागि दिगो पर्यटन विकास गर्न र यहाँका प्रकृति सम्पदाको समेत संरक्षण गर्ने गरी गुरुयोजनाको नक्सा तयार गरिएको विज्ञ डा प्रेम शर्माले बताउनुभयो ।

केही योजना सञ्चालन भइसकेको र बाँकी कार्य गर्न अब आफूले केन्द्र सरकार र प्रदेश सरकारको सहयोग मागेर सात वर्षभित्र नक्साअनुसार गुरुयोजना सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्का बताउनुभयो ।

उक्त योजना सम्पन्न भएपछि रौता क्षेत्रमा आन्तरिक र बाह्य गरेर वार्षिक पाँच लाखभन्दा बढी पर्यटक भित्रिने र वार्षिक रु दश करोडभन्दा माथिको आम्दानी हुने समेत विज्ञ र गाउँपालिकाका प्रतिनिधिको धारणा छ । उक्त गुरुयोजना प्रस्तुत तथा गोष्ठी कार्यक्रममा विज्ञ इञ्जिनियरसहित १ नं प्रदेश सांसद नारायण बुर्जा, हिमाल कार्की, अम्बिका थापा, प्रजिअ विष्णु कार्कीका सहभागिता रहेको थियो ।
झण्डै ६ महिनाको अध्ययन र अनुसन्धान तथा स्थलगत अध्ययनपछि उक्त गुरुयोजनाको खाका तयारी कार्य सम्पन्न भएको इञ्जिनियर प्रकाश जिसीले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि