• होमपेज
  • अर्थ/वाणिज्य
  • मुक्तिनाथ विकास बैंकले बोनस शेयर दिने

मुक्तिनाथ विकास बैंकले बोनस शेयर दिने

  • बिहिबार, भदौ २८, २०७५
मुक्तिनाथ विकास बैंकले बोनस शेयर दिने

मुक्तिनाथ विकास बैंकले १८.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका निम्ति ०.९६ प्रतिशत नगद लाभांश दिन प्रस्ताव गरेको छ । बैंकले हाल कायम २ अर्ब ५९ करोड १७ लाख ६३ हजार ३१७ रुपैयाँमा उक्त लाभांश दिने भएको हो ।

नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि लाभांश वितरण हुनेछ ।

बोनस तिरणपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँ पुग्नेछ ।

बैंकले गत आर्थिक वर्षमा ५७ करोड ५४ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।प्रतिशेयर आम्दानी २२ रुपैयाँ २० पैसा रहेको बैंकले गत २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांश दिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार