• होमपेज
  • अर्थ/वाणिज्य
  • एन आई सी एशिया ऋणपत्र २०८२/८३”मा उत्साहजनक सहाभागिता

एन आई सी एशिया ऋणपत्र २०८२/८३”मा उत्साहजनक सहाभागिता

  • बिहिबार, भदौ २८, २०७५
एन आई सी एशिया ऋणपत्र २०८२/८३”मा उत्साहजनक सहाभागिता

एन आई सी एशियाबैंक द्धारा विक्री खुला गरिएको रु. १ अर्ब ८३ करोड बराबरको “११% एन आई सी एशिया ऋणपत्र २०८२/८३” प्रति व्यक्तिगत तथा संस्थागत लगानिकर्ताहरुबाट उत्साहजनक सहभागिता भएको बैकद्धारा प्रशित विज्ञप्तीमा जनाएको छ ।

७ वर्षको अवधिमा परिपक्व हुने यस ऋणपत्रको व्याज दर ११% रहेको छ । प्रति ऋणपत्र रु. १,०००/- अंकित मुल्यका १८,३०,००० कित्ताले हुन आउने रु.१,८३,००,००,०००/- मध्ये रु १ अर्ब ४६ करोड ४० लाख बराबरको ऋणपत्र विभिन्न व्यक्ति वा संघ संस्थालाई व्यक्तिगत तवर (Private Placement) बाट विक्री खुला गरिएकोमा भाद्र २७ सम्ममा करीब रु. २ अर्ब १६ करोड (१४८ प्रतिशत) को आवेदन प्राप्त भएको, जुन माग गरिएको भन्दा ४८ प्रतिशतले बढी रहेको र त्यसै गरी रु ३६ करोड ६० लाख बराबरको ऋणपत्र सर्वसाधारणका लागि विक्री खुला गरिएकोमा मिति २०७५ भाद्र २७ सम्ममा करीब रु. ४४ करोड (१२० प्रतिशत) आवेदन प्राप्त भएको, जुन माग गरिएको भन्दा २० प्रतिशतले बढी रहेको र दुवै तर्फ गरी कुल करीब रु. २ अर्ब ६० करोड (१४२ प्रतिशत माग गरिएको भन्दा ४२ प्रतिशतले बढी) को उत्साहजनक आवेदन प्राप्त गरिएको बैंकले जनाएको छ ।

CARE RATINGS NEPAL बाट यस ऋणपत्रलाई न्यून कर्जा जोखिम (Low Credit Risk) जनाउने “CARE – NP A” को ग्रेडिङ्ग तथा बैंकलाई ICRA Nepal Limited ले “[ICRANP – IR] A -“ (A माइनस) -ICRANP Issuer Rating A Minus_, CARE RATINS NEPAL लिमिटेडले “CARE-NPA(Is)” ग्रेडिङ्ग प्रदान गरेको छ ।

जारी गरिएको ऋणपत्र द्वितिय बजार “CARE-NPA(Is)” मा खरीद विक्रीको लागि सूचिकृत गरिनेछ । नेपालको पूँजीबजारमा हाल बैकिङ्ग क्षेत्र, बिमा क्षेत्र, जलविद्युत क्षेत्र तथा केही उत्पादनशिल क्षेत्रका शेयरको कारोबारकोे उपस्थिति उल्लेखनीय रहेको भएतापनि ऋणपत्रको कारोबार भने लगभग नगण्य रहेको र ऋणपत्रको कारोबारलाई विकसित मुलुकहरुमा रहेको चलायमान ऋणपत्र बजार अनुरुप थप विकसित र प्रभावकारी गर्न बैंकद्वारा जारी गरिएको उक्त ऋणपत्रले थप टेवा पु¥याउने बताएको छ ।

यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नेे सम्पूर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु, आस्वा सदस्य, बैंक तथा वित्तीय संस्थाहरु, विक्री प्रबन्धक, नियमनकारी निकाय लगायत सम्बन्धित सबलाई बैंकले आभार एवम् धन्यबाद धन्यबाद दिएका छन् ।

एन आई सी एशिया बैंक लिमिटेडको देशभरिका २४४ शाखा सञ्जाल, २३८ एटिएम, १८ शाखा रहित बैंकिङ्ग तथा १४ एक्सटेन्सन काउन्टर मार्फत करीब रु. १५९ अर्बको निक्षेप संकलन, करीब रु. १३२ अर्बको कर्जा प्रवाह तथा करीब १२ लाख भन्दा बढी ग्राहकहरुलाई आफ्नो बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार