• होमपेज
  • समाचार
  • एनसेलका विजेतालाई पुरस्कार प्रदान

एनसेलका विजेतालाई पुरस्कार प्रदान

  • शुक्रबार, भदौ २९, २०७५
एनसेलका विजेतालाई पुरस्कार प्रदान

एनसेल प्रालिले चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एन्ड विन’ अफरअन्तर्गत पहिलो हप्ताका विजेतालाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

‘रिचार्ज एन्ड विन’ १० हप्ता सम्ममा सञ्चालनमा रहने अफर हो । पहिलो हप्ताका विजेताहरु मंगलबार एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रसारणमार्फत छानिएका हुन् ।

१० भाग्यशाली विजेता ग्राहकमध्ये दुई जनाले बिहीबार जनही नगद एक लाख पुरस्कार पाएका छन् । तीन अन्य विजेताले आफ्नो पुरस्कार अर्को हप्ता लिने जनाएकाले कम्पनीले सोही अनुरुप उनीहरुलाई दोस्रो हप्ताका विजयी ग्राहकसँगै पुरस्कार हस्तान्तरण गर्नेछ । पहिलो हप्ताका थप पाँच विजेताको पहिचान तथा प्रमाणित गर्ने काम भई रहेको छ र प्रक्रिया समापन लगतै नगद पुरस्कार प्रदान गरिनेछ ।

एनसेलका सेक्युरिटी तथा जेनरल सर्भिसेज् निर्देशक महेन्द्रकुमार भट्टचनले काठमाडौंमा आयोजित एक कार्यक्रम माझ दुई विजयी झापाका जाकिर हुसेन र नुवाकोटका हरि श्रेष्ठलाई बिहीबार जनही एक लाख नगद पुरस्कार प्रदान गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा