• होमपेज
  • रोजगारी
  • एनआईसी एशिया बैंकमा रोजगारको अवसर

एनआईसी एशिया बैंकमा रोजगारको अवसर

  • मङ्लबार, भदौ २६, २०७५
एनआईसी एशिया बैंकमा रोजगारको अवसर

एनआईसी एशिया बैंक लिमिटेडले डिजिटल इनोभेसन हेड एक जना र केही संख्यामा चार्टर्ड एकाउन्टेन्ट मागेको छ । यी दुई पदमा आवेदन दिने म्याद भने १२ सेप्टेम्बरसम्म रहेको छ ।

डिजिटल इनोभेसन हेड काठमाडौँका लागि मागिएको हो । यसका लासग २५ वर्षदेखि ५० वर्षसम्मको उमेर हद निर्धारण गरिएको छ । आईटी अथवा कम्प्युटर साइन्समा स्नातक गरेको हुनुपर्नेछ । स्नातकोत्तर गरेकोलाई प्राथमिकता दिने उल्लेख गरिएको छ । कम्तीमा आठ वर्षको अनुभव मागिएको छ ।

चार्टर्ड एकाउन्टेन्टका लागि भने एक वर्षको मात्रै अनुभव मागिएको छ । उपत्यकाभित्र र बाहिर दुबैका लागि सीए मागिएको हो । २१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिले आवेदन दिन पाउनेछन् । आवेदन अनलाइनबाट दिनुपर्नेछ ।

त्यस्तै, बैंकले मार्केटिङ एक्जिक्युटिभ पनि मागेको छ । यसमा एप्लाई गर्ने म्याद २४ सेप्टेम्बरसम्म रहेको छ । बैंकले केही संख्यामा काठमाडौँका लागि कन्ट्राक्ट बेसिसमा मार्केटिङ एक्जिक्युटिभ नियुक्त गर्न लागेको हो ।

थप जानकारी र अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

Facebook Comments

सम्बन्धित समाचार