• होमपेज
  • अर्थ/वाणिज्य
  • जनता बैंकद्वारा कम्प्युटर सहयोग

जनता बैंकद्वारा कम्प्युटर सहयोग

  • सोमवार, भदौ २५, २०७५
जनता बैंकद्वारा कम्प्युटर सहयोग

जनता बैंक नेपालद्वारा दार्चुला जिल्लाको दुँहु गाउँपालिकारहेको जनविकास माध्यमिक विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त विद्यालयलाई चार थान कम्प्युटर हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकका दार्चुला शाखा प्रमुख प्रकाशदत्त भट्टले एक समारोहका बीच विद्यालयका प्रधानाध्यापक गीता कुँवरलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

कम्प्युटर हस्तान्तरण कार्यक्रममा विद्यालयकी प्रध्यानाध्यापक गीता कुँवरले जनता बैंकको सहयोग विकट क्षेत्रमा रहेको विद्यालयका विद्यार्थीको कम्प्युटर सिकाईलाई प्रभावकारी बनाउन महत्वपूर्ण रहने विचार व्यक्त गरिन ।

Facebook Comments

सम्बन्धित समाचार