• होमपेज
  • अर्थ/वाणिज्य
  • मेगाा बैंकको गढीमा शाखारहित बैंकिङ सेवा

मेगाा बैंकको गढीमा शाखारहित बैंकिङ सेवा

  • सोमवार, भदौ २५, २०७५
मेगाा बैंकको गढीमा शाखारहित बैंकिङ सेवा

मेगा बैंक नेपाल लिमिटेडले सुनसरी जिल्लाको गढी गाउँपालिकामा अत्याधुनिक शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

गढी गाउँपालिका वडा नम्बर ३ स्थित छिटाहामा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादब र नेपाल कृषि कम्पनीका कार्यक्रम प्रबन्धक बिवेकानन्द झाले मेगा बैंकको शाखारहित बैंकिङ सेवाको संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उद्घाटनमा गाउँपालिकाका अध्यक्ष यादबले अब आफ्नो गाउँपालिकाका जनतालाई मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवामार्फत घरदैलोमा बचत गर्न सजिलो हुने भन्दै खुसी व्यक्त गर्नुभयो ।

नेपाल कृषि कम्पनीका कार्यक्रम प्रबन्धक झाले ग्रामीण तथा दुर्गम भेगहरुमा सेवा विस्तार गरेकोमा मेगा बैंकलाई धन्यवाद दिनुभयो ।

मेगा बैकका बिराटनगर शाखा प्रबन्धक अभिषेक कार्कीले मेगा बैंकको सरल कर्जा लिएर ग्रामीण भेगका धेरै साना तथा मझौला ब्यवसायीहरु लाभान्वित भएको बताउनुभयो । उहाँले स–साना बचतका लागि टाढा बैंकमा गई लाइन बसेर जम्मा गर्न अप्ठेरो हुने भएकाले मेगा बैंकले शाखारहित सेवामार्फत नै अत्याधुनिक सेवा प्रदान गरिरहेको जानकारी पनि दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार