• होमपेज
  • विकास
  • रसुवाको राजमार्ग खुला

रसुवाको राजमार्ग खुला

  • मङ्लबार, भदौ १९, २०७५
रसुवाको राजमार्ग खुला

वर्षाका कारण अवरुद्ध नेपाल चीनबीच रसुवाखण्डको राजमार्ग आज अपराह्नबाट पूर्णरुपले सञ्चालनमा आएको छ ।

प्रजिअ कृष्ण पौडेलका अनुसार रसुवागढी नजिकको पहिरोमा पहरो फुटाली नयाँ ट्र्याक खोलिएपश्चात् मालवाहक सवारी साधन आवतजावत थालिएकोे हो ।

धुञ्चे नदी आसपासका दुई पहिरो क्षेत्रमा पनि नयाँ ट्र्याक खोली सोमबारबाट यातायात सञ्चालन गरिएको र रसुवाखण्डको पासाङल्हामु राजमार्ग र स्याफ्रुबेशी रसुवागढी खण्डमा कुनै अवरोध नरहेको प्रहरीले जानाएको छ । उहाँले मालवाहक कन्टेनरबाट सामान आयात तथा निर्यात गर्न सबै व्यावसायीलाई आग्रह गर्नुयभो ।

राजमार्ग खोल्ने कार्यमा नेपाली सेना कालीजङ्ग गणका गणपति शीतल बानियाँसहित डिभिजन सडक कार्यालयका प्राविधिक परिवार र सुरक्षा अङ्गका सबै निकायसमेतका महत्वपूर्ण योगदान रहेको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।

व्यापारीले धमाधम आयात गर्न शुरु गर्ने प्रक्रिया अगाडि बढाइसकेको र नेपाल सरकारका तर्फबाट रसुवा भन्सार कार्यालयले दैनिक १०० भन्दा बढी मालवाहक सवारी साधनको जाँचपास गर्ने व्यवस्था मिलाई दिनसमेत आग्रह गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि