• होमपेज
  • बीमा
  • एन आई सी एशिया र गुराँस लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

एन आई सी एशिया र गुराँस लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

  • मङ्लबार, भदौ १९, २०७५
एन आई सी एशिया र गुराँस लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

एन आई सी एशिया बैंक लिमिटेडले गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ ।

यस सम्झौता अनुसार अब उक्त बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका २४१ शाखाहरुबाट सहज रुपमा गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरु खरिद गर्न सक्ने भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले हस्ताक्षर हस्ताक्षर गरेका हुन् ।

मुलुकभर २४१ शाखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा र बैंकको वासलातको आकार रू. १८५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५५ अर्ब तथा कर्जा रू. १२८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित हो । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार