• होमपेज
  • पर्यटन
  • तिम्बुङ पोखरी महोत्सव हुँदै

तिम्बुङ पोखरी महोत्सव हुँदै

  • मङ्लबार, भदौ १९, २०७५
तिम्बुङ पोखरी महोत्सव हुँदै

सिदिङ्वा गाउँपालिका–१ कालीखोलामा तेस्रो तिम्बुङ पोखरी महोत्सव हुने भएको छ । पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यका साथ सिदिङ्वा गाउँपालिकाले उक्त महोत्सवको आयोजना गरेको हो ।

जैविक, धार्मिक र सांस्कृतिक महत्वको क्षेत्र तिम्बुङ पोखरीको प्रचारप्रसार गर्न यही भदौ २२ देखि २४ गतेसम्म महोत्सव हुने सो गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले जानकारी दिनुभयो ।

महोत्सवको माध्यमबाट उक्त क्षेत्रमा रहेका सिदिङ्वा धाम, सुन्दर ढङ्ढङे झरना, कालीपोखरी, हात्ती ढुङ्गालगायतका रमणीयस्थलको प्रचार–प्रसारमा सहयोग पुग्नेछ । तिम्बुङ पोखरी पुग्न पाँचथर र ताप्लेजुङबाट तीन दिनसम्मको पैदलयात्रा गर्नुपर्छ । पाँचथरको फलैँचा तथा ताप्लेजुङको सिरिजङ्घास्थित खेवाङ हुँदै सो ठाउँ पुग्न सकिन्छ ।

तिम्बुङ पोखरी वरपर हाँडी पोखरी, तावा पोखरी, लक्ष्मी पोखरी, दूधपोखरी, मयुर पोखरी, नीर पोखरीलगायत दर्जनाँै पोखरी रहेका छन् । यहाँबाट कञ्चनजङ्घा, कुम्भकर्ण र भारतको सिक्किम, दार्जलिङलगायतका ठाउँको दृश्यावलोकन गर्न सकिन्छ । उक्त क्षेत्र चार हजार ४८१ मिटरको उचाइमा रहेको छ ।

स्थानीयवासी गजेन्द्रप्रसाद तुम्याहाङका अनुसार लिम्बू भाषाको तेम्बकबाट तिम्बुङ पोखरी नाम रहन गएको हो । लिम्बू भाषामा ते भनेको बन्दुक र बुङ भनेको पड्एिको आवाज हो । पोखरीको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने तथा पापबाट मुक्ति पाइने जनविश्वास रहिआएको छ

Facebook Comments

सम्बन्धित समाचार