• होमपेज
  • बैंकिङ्ग
  • ज्योति बिकास बैंकको पदाधिकारीहरु नियुक्त

ज्योति बिकास बैंकको पदाधिकारीहरु नियुक्त

  • सोमवार, भदौ १८, २०७५
ज्योति बिकास बैंकको पदाधिकारीहरु नियुक्त

ज्योति बिकास  बैक लि. का उच्च ब्यवस्थापनमा दुई नयाँ पदाधिकारीहरु नियुक्त भएका छन् । सोमबार एक समारोहकाबीच बैकको नायब महाप्रबन्धकमा शुशिल कुमार शर्मा तथा सहायक महाप्रबन्धकमा रामहरि आचार्य नियुक्त भएका हुन् ।

शुशिल कुमार शर्माको २३ बर्ष नेपाल एस. बि. आइ. बैक लि. र ५ बर्ष नेबिल बैंकमा काम गरेको अनुभब रहेको छ । उनले यस अघि एस. बि. आइ. बैकको क्षेत्रिय प्रबन्धकको रुपमा कार्यरत रहेका थिए । ब्यबस्थापनमा स्नातकोत्तर शर्मासँग शाखा प्रबन्धक देखि विभागिय प्रमुख तथा क्षेत्रिय प्रबन्धक सम्मको काम गरेको अनुभब रहेको छ ।

त्यसैगरी रामहरि आचार्य सँग एभरेष्ट बैकमा २० बर्ष काम गरेको अनुभब रहेको छ । ब्यबस्थापनमा स्नातकोत्तर आचार्य यस अघि एभरेष्ट बैकको प्रबन्धकको रुपमा कार्यरत थिए । उच्च ब्यबस्थापनमा स्थापित बाणिज्य बैकमा लामो समयसम्म महत्वपुर्ण भुमिकामा रहेका ब्यक्तिहरुको नियुक्तिले ज्योति बिकास बैकको लक्ष प्राप्ति यात्रा अझ सहज हुने बिश्वास गरिएको छ ।

उक्त बैंकको हाल ६० वटा शाखा कार्यालय तथा २० वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ, भने थप ३० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. २० अर्व भन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १६ अर्व भन्दा बढि ऋण लगानी गर्न सफल भएको छ ।

बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ भने हाम्रो विकास बैंकलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट सैद्घान्तिक सहमति प्राप्त गरि प्रक्रिया अगाडी बढाइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार