• होमपेज
  • समाचार
  • सत्र करोडको बजेट प्रस्तुत गर्दै एकेडेमी

सत्र करोडको बजेट प्रस्तुत गर्दै एकेडेमी

  • सोमवार, भदौ ११, २०७५
सत्र करोडको बजेट प्रस्तुत गर्दै एकेडेमी

नेपाल प्रज्ञा–प्रतिष्ठानले गत वर्षको भन्दा रु एक करोडको बजेट वृद्धि गरी यस वर्षको बजेट र कार्यक्रम तयार गरेको छ । प्रतिष्ठानको मङ्गलबार बस्ने ३३औँ प्राज्ञसभामा नेपालका भाषा, साहित्यको विकास तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा प्राज्ञिक गतिविधिको सञ्चालन गर्न करीब रु १७ करोडको बजेटको तयारी गरिएको सदस्य–सचिव डा जीवेन्द्रदेव गिरीले जानकारी दिनुभयो ।

सभामा गत वर्षका आयव्यय तथा वार्षिक कार्यक्रमको प्रतिवेदनलाई पारित गरिनेछ भने यस वर्ष गर्न लागिएका कार्यक्रम सार्वजनिक गरिनेछ । गत वर्ष अध्ययन, अनुसन्धान र अनुवादका कार्य ४१ वटा भएका थिए भने गोष्ठी, सम्मेलन ६५ वटा, विभिन्न भाषामा २८ कृति प्रकाशन गरिएको प्रतिष्ठानले जनाएको छ ।

सभाले प्राज्ञ परिषद्लाई सुझाव र निर्देशन दिनुका साथै वार्षिक नीति योजना तथा कार्यक्रम स्वीकृत गर्छ । प्रज्ञा मानार्थ–सदस्यता तथा आजीवन–सदस्यता प्रदान गर्नु, उपयुक्त व्यक्ति वा संस्थालाई कदर सम्मान वा पुरस्कृत गर्नेलगायत महत्वपूर्ण निर्णय गर्ने अधिकार सभालाई छ ।

दर्शनशास्त्र, संस्कृति तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन गर्न, मौलिक सिर्जनात्मक वातावरणको निर्माण गर्ने उद्देश्यले प्रतिष्ठानको स्थापना तत्कालीन सरकारले ‘नेपाल एकेडेमी ऐन २०१४’ अनुसार नेपाली साहित्य, कला एकेडेमीको नाममा गरेको इतिहास पाइन्छ । नेपाल प्रज्ञा–प्रतिष्ठान ऐन २०६४ अनुरुप प्रतिष्ठानमा हाल प्रधानमन्त्री प्रमुख संरक्षक तथा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री संरक्षक रहने व्यवस्था छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)