• होमपेज
  • बजार
  • फेरी पेट्रोलको मुल्यमा बृद्धि

फेरी पेट्रोलको मुल्यमा बृद्धि

  • सोमवार, भदौ ४, २०७५
फेरी पेट्रोलको मुल्यमा बृद्धि

नेपाल आयल निगमले पेट्रोल, डिजल र हवाइ इन्धनको भाउ फेरि बढाएको छ। खाना पकाउने ग्यासको भाउ भने यथावत राखेको छ।

आइतबार निगम सञ्चालक समिति बैठकले पेट्रोलको एक रुपैयाँ, डिजेलको दुई रुपैयाँ र हवाइ इन्धनको साढे चार रुपैयाले भाउ बढाएको हो।

अमेरिकी डलरको भाउ आकासिन थालेपछि निगमले इन्धनको मूल्य बढाएको हो। अहिले अमेरिकी डलरको भाउ ११२ रुपैयाँभन्दा माथि पुगेको छ। यसैको असर इन्धनको मूल्यमा पनि परेको हो।

इन्धनको भाउ बृदीले सुरुमै हवाइ भाडा केही बढ्न सक्ने छ। नयाँ भाउ अनुसार पेट्रोल प्रति लिटर १११ रुपैयाँ पर्नेछ भने मट्टितेल र डिजेल प्रति लिटर ९५ रुपैयाँ पर्नेछ।

Facebook Comments

सम्बन्धित समाचार