• होमपेज
  • समाचार
  • नेपालको सात विमानस्थल नाफामा

नेपालको सात विमानस्थल नाफामा

  • सोमवार, भदौ ४, २०७५
नेपालको सात विमानस्थल नाफामा

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आव २०७५÷७६ का लागि कूल रु ४५ अर्ब १७ करोड ५६ लाख ९५ हजार ५५३ बजेट विनियोजन गरेको छ ।

क्यानले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको बजेट, नीति तथा कार्यक्रमअनुसार चालू आवमा रु पाँच अर्ब ९६ करोड ८३ लाख आम्दानी गर्ने लक्ष्य लिएको छ । विमानस्थल शुल्कबाट रु दुई अर्ब ३४ करोड सात लाख आम्दानी गर्ने योजना छ ।

क्यानको स्वीकृत बजेटमध्ये पूँजीगतर्फ रु ३४ अर्ब २५ करोड र कार्यालय सञ्चालनतर्फ रु तीन अर्ब ८६ करोड रहेको छ । चालू आवको बजेट स्रोतअन्तर्गत प्राधिकरणको रु २४ अर्ब ३२ करोड ५७ लाख र सरकारबाट ऋण अनुदान र शेयर लगानीसमेत गरी रु २० अर्ब ८५ करोड रहेको छ ।

यसमध्ये रु सात अर्ब ५२ करोड ३१ लाख शेयर लगानीमा, रु ११ अर्ब ८२ करोड ६९ लाख ऋण र एक अर्ब ५० करोड अनुदानमा आउने अपेक्षा लिएको क्यानले जनाएको छ ।

सात विमानस्थल नाफामा 
क्यानले सञ्चालन गरेका विमानस्थलमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गत आवको सञ्चालन नाफा रु पाँच अर्ब ८१ करोड छ । योसहित सात विमानस्थल मात्र नाफामा छन् बाँकी सबै घाटामा चलिरहेका छन् । पोखराको रु तीन करोड ६५ लाख कमाएको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार लगानी गरेको हिसाबले सबै घाटामा भए पनि बजेट विनियोजन र लगानीको आधारमा हेर्दा सात वटा विमानस्थल मात्रै नाफामा छन् । सबैभन्दा बढी जनकपुर रु एक करोड ८० लाख घाटामा गएको छ ।

क्यानले सबैभन्दा बढी खर्च जग्गा खरीद बिक्रीमै गरेको छ । गत आवमा रु १४ अर्ब १८ करोड ५४ लाख ४२ हजार २१२ खर्च भएको छ ।

गौतमबुद्ध विमानस्थलमा नौ अर्ब खर्च

क्यानको बजेट खर्चको हिसाबले आव २०७४÷०७५ को असार मसान्तसम्ममा सबैभन्दा बढी गौतमबुद्ध विमानस्थल सुदृढीकरण आयोजनामा रु नौ अर्ब बढी खर्च भएको छ । जसमा रु आठ अर्ब ९५ करोड जग्गा अधिग्रहणमा खर्च भएको छ ।

डेढ अर्ब बढी राजश्व

क्यानले गत आवमा लाभांशबापत रु एक अर्ब ६३ करोड ५६ लाख सरकारलाई राजश्व तिरेको छ । ब्याज भुक्तानीमा रु २२ करोड ७६ लाख र सावा भुक्तानीमा रु ३० करोड ८३ लाख, आय करमा रु ५३ करोड र मूल्यअभिवृद्धि करमा रु ५४ करोड तिरेको छ ।

पत्रकार सम्मेलनमा क्यानका महानिर्देशक सञ्जीव गौतमले त्रि.अ. विमानस्थलको स्तरोन्नति, निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल तथा हवाई प्रविधि तथा गुणस्तरीय जनशक्ति उत्पादनमा विशेष ध्यान दिइएको उल्लेख गर्नुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि