• होमपेज
  • रोजगारी
  • प्रदेशसभामा अनुभवी कर्मचारीको अभाव

प्रदेशसभामा अनुभवी कर्मचारीको अभाव

  • सोमवार, भदौ ४, २०७५
प्रदेशसभामा अनुभवी कर्मचारीको अभाव

सङ्घीय संसद सचिवालयमा कार्यरत एकजना सहसचिवसहित १४ जना उपसचिवले संसद सेवा परिवर्तन गरी निजामती सेवामा जान सचिवालयमा निवेदन दिनुभएको छ ।

संसदीय प्रक्रिया र अनुभवले खारिएका ती कर्मचारीलाई दुई÷दुई जनाको दरले सातवटै प्रदेशसभा सचिवालयमा पठाउन पाए कति राम्रो हुन्थ्यो होला ?

प्रदेशसभाहरु थप व्यवस्थित रुपमा सञ्चालन कार्य अगाडि बढ्थ्यो होला । व्यक्तिगत रुपमा मैले प्रदेशसभा सचिवालयमा जान तयार हुनुहन्छ ? भन्ने प्रश्न राख्दा हुन्छ ‘सेवा परिवर्तन गरी जानपाए जान तयार छौँ ’जवाफ दिनुभएको छ ।

यस्तो अवस्थामा सेवा परिवर्तन गरेर भए पनि प्रदेशसभाहरुलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्न सङ्घबाट कर्मचारी किन नपठाउने ?

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पहिलो पटक आइतबार यहाँ सङ्घीय संसद सचिवालयद्वारा आयोजित संसदीय प्रक्रिया र अनुभव कार्यक्रममा आफ्ना ती भनाई राख्नुभयो । अध्यक्ष तिमिल्सिनाले भन्नुभयो “म यो कुरा राष्ट्रपति एवं प्रधानमन्त्री समक्ष राख्छु ।”

संसदीय विधि र प्रक्रियामार्फत् व्यवस्थित रुपमा प्रदेशसभा सञ्चालन गर्न मुख्य रुपमा यसका बारे अनुभवले खारिएका र दख्खल कर्मचारीको ज्यादै अभाव रहेको छ ।

सङ्घीय संसद सचिवालयले पहिलो प्रदेशसभा सञ्चालन गर्न सातवटै प्रदेशमा कर्मचारी खटाएको थियो । तर अहिले सङ्घीय संसद सचिवालयले प्रदेशसभालाई कर्मचारी व्यवस्थापनमा सहयोग गर्न नसक्ने अवस्थामा रहेको जनाएको छ ।

कर्णाली प्रदेशका सभामुख अर्जुन थापाले भन्नुभयो “प्रदेशसभाका लागि भौतिक संरचनाका साथमा कर्मचारीको ज्यादै अभाव रहेको छ । कानूनका सहसचिव, उपसचिव त परै जावोस् अधिकृत पनि छैन, केही कर्मचारीलाई अभिमुखीकरण दिएर काम चलाइरहेको छु ।”

प्रदेश सरकारले पठाएका विधेयक संसदीय समितिमा दफावार छलफल गर्ने, विज्ञबाट राय सुझाव लिने, प्रदेशसभाले पास गर्ने, प्रमाणीकरण गर्ने गरेको छु उहाँले भन्नुभयो ।

हालसम्म प्रदेशसभामा पेश भएका १५ विधेयकमध्ये आठवटा प्रमाणीकरण भएका छन् । सभामुख थापाले भन्नुभयो, “संसदीय प्रक्रिया बुझ्ने कर्मचारी पठाउन सङ्घसँग धेरैपटक माग गरेँ, अहिलेसम्म पूरा भएको छैन ।”

दुईपटक तत्कालीन प्रतिनिधिसभामा सांसद तथा राज्यमन्त्रीको जिम्मेवारी सम्हालि सक्नुभएका दुई नम्बर प्रदेशका सभामुख सरोज यादव प्रदेशसभाका लागि मुख्य रुपमा दक्ष र अनुभवी कर्मचारीको अभाव रहेको बताउनुहुन्छ । “यसअधि प्रतिनिधिसभाका सांसदको अनुभव भएकासँग संसदीय प्रक्रियाका बारेमा बढी ज्ञान हुने ।

पहिलो पटक सांसद हुनेसँग प्रक्रिया जान्न समय लाग्ने । बीचमा तालमेल गराउन चुनौती रहेको छ । मेरो आफ्नै अनुभवले काम गरिरहेको छु” उहाँले भन्नुभयो । सो प्रदेशसभाले ११ वटा विधेयक पारित गरिसकेको बताइएको छ ।

प्रदेश १ का उपसभामुख सरस्वती पोखरेल एकातिर प्रदेशमा कर्मचारी आउन नै नमान्ने । बल्ल आएका पनि छिटोछिटो सरुवा हुने कारण हैरानी भएको दुःखेसो व्यक्त गर्नुहुन्छ । उहाँका अनुसार प्रदेशसभामा हालसम्म तीनवटा सचिव परिवर्तन भइसक्नुभएको छ ।

उहाँले भन्नुभयो “सङघीयता कार्यान्वयनका क्रममा आउने चुनौतीलाई सामना गर्दै अगाडि बढिरहेका छौं । प्रदेश तहमा जान कर्मचारीलाई आकर्षण गर्नुप¥यो ।” उहाँका अनुसार सो प्रदेशले १६ वटा विधेयक पारित गरिसकेको छ ।

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा संसदीय प्रक्रिया बुझेका कर्मचारीको अभाव हुँदाहुँदै सदन सञ्चालन भइरहेको छ, भन्नुहुन्छ । उहाँले भन्नुभयो “अनुभवी कर्मचारी भए प्रदेशसभा सञ्चालन अझै व्यवस्थित हुने थियो ।

“राम्रो काम गर्न सर्वप्रथम आफैँ जान्नु पर्ने रहेछ म आफैँ संसदीय प्रक्रियाका बारेमा सुक्ष्मभन्दा सुक्ष्म रुपमा सिक्दैछु, दक्ष कर्मचारीको अभाव हुँदाहुँदै प्रदेशसभालाई व्यवस्थित बनाइरहेको छु ।” प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले भन्नुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने