• होमपेज
  • समाचार
  • साझाको एकैपटक सात आवको लेखापरीक्षण

साझाको एकैपटक सात आवको लेखापरीक्षण

  • बुधबार, साउन ३०, २०७५
साझाको एकैपटक सात आवको लेखापरीक्षण

साझा प्रकाशनले महालेखापरीक्षकको कार्यालयबाट एकैपटक सात आर्थिक वर्षको लेखापरीक्षण शुरु गरेको छ ।

प्रकाशन लेखापरीक्षकको आज बसेको बैठकले आव २०६८÷०६९ देखि आव २०७४÷०७५ सम्मको लेखापरीक्षण थालेको साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले बताउनुभयो ।

अहिलेसम्म सरकारी निकायले लेखापरीक्षण नगरेकोले पहिलो पटक महालेखापरीक्षकको कार्यालयबाट उक्त कार्य शुरु गरिएको हो । साझाले आव २०६३÷०६४ देखि आव २०६७÷०६८ सम्मको कार्यालयले गरेको लेखापरीक्षण पुनरवलोकन गर्ने भएको छ ।

“अगाडिका व्यवस्थापकका मान्छेले आफ्नो अनुकूल लेखापरीक्षक नियुक्ति गरेर सो कार्य गराउँदै आए, तर अब हामीले सरकारको लेखापरीक्षकबाट गराउँदैछौ,” उहाँले भन्नुभयो । यसअघि महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षण गराउँदा कर्मचारीको अवरोधले हुन सकेको थिएन । आव २०६८÷०६९, २०६९÷७० र २०७०÷७१ को लागि सुरज घिमिरे, आव २०७१÷०७२, २०७२÷७३ र २०७३÷७४ को लागि नरेश ढुङ्गाना र आव २०७४÷०७५ का लागि राजकुमार खड्कालाई लेखापरीक्षक नियुक्ति गरेको छ ।

साझाले आन्तरिकरुपमा आव २०७१÷०७२ सम्मको लेखापरीक्षण सकेको छ । अध्यक्ष तथा महाप्रबन्धक शर्माले लेखापरीक्षणबाट संस्थाको समग्र वित्तीय अवस्थाको बारेमा जानकारी हुने र संस्था सुधारका लागि आवश्यक थप रणनीति अपनाउन सजिलो हुने बताउनुभयो । सो कार्य तीन महिनामा सक्ने लक्ष्य छ ।

Facebook Comments

सम्बन्धित समाचार