• होमपेज
  • प्रविधि
  • सामसङको “फिल द गेम” योजनाका भाग्यशाली विजेताहरु पुरस्कृत

सामसङको “फिल द गेम” योजनाका भाग्यशाली विजेताहरु पुरस्कृत

  • मङ्लबार, साउन २२, २०७५
सामसङको “फिल द गेम” योजनाका भाग्यशाली विजेताहरु पुरस्कृत

फिफा वल्र्ड कप २०१८ को अवसरमा सामसङ इलेक्ट्रोनिक्स नेपालले आफ्ना ग्राहकहरु समक्ष प्रस्तुत गरेको “फिल द गेम” योजना सर्वविदित नै छ । यस योजना अन्र्तगत कम्पनीले वल्र्ड कप समयावधि भित्र टिभि खरिद गर्नुहुने ग्राहकहरुलाई क्यास व्याक प्रदान गरेको थियो ।

साथै यस योजना अवधिभर विभिन्न मोडेलका सामसङका SUHD TV, Curved TV, UHD TV, Smart TV, Non-Smart TV, FHD तथा HD TV हरुमा अधिकतम २७ प्रतिशतसम्म क्यास व्याक तथा २ वर्षसम्म वारेन्टी एवं शून्य प्रतिशत मासिक किस्तावन्दीको सुविधा समेत प्रदान गरिएको थियो ।

यो योजना सामसङका लागि नेपालको आधिकारिक वितरकहरु हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारको सहकार्यमा १ जुन देखि १५ जुलाईसम्म नेपाल अधिराज्यभर रहेका आधिकारिक सामसङ ब्राण्ड स्टोर तथा आउटलेटहरुबाट प्रदान गरिएको थियो ।

यो अफरका साथसाथै सामसङका स्मार्ट टिभि खरिद कर्ताहरुले टर्किस एयर, एस ट्राभल्स , वयोधा हस्पिटल प्रा.लि तथा के जि एच ग्रुपको तर्फबाट आकर्षक गिफ्ट भौचर पनि प्राप्त गरेका थिए ।

यसका साथै सम्पूर्ण HD TV खरिद गर्ने ग्राहकहरुलाई लक्की ड्र मा सवावेश गरी लक्की ड्र मार्फत भाग्यशाली पाच जना गा्रहकहरुलाई टर्किस एयरको बिजिनेश क्लासको राउन्ड–ट्रिप टिकट, सामसङको ५ इन १ रेफ्रिजेरेटर, ग्यालेक्सी एस ९, ग्यालेक्सी ए ६ प्लस तथा ग्यालेक्सी ७ डुओस पनि प्रदान गरिएको थियो ।

लक्की ड्रको घोषणा सामसङले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत गत अगस्ट १ तारिखमा गरेको थियो । टर्किस एयरको बिजिनेश क्लासको राउन्ड–ट्रिप टिकट, सामसङको ५ इन १ रेफ्रिजेरेटर, ग्यालेक्सी एस ९, ग्यालेक्सी ए ६ प्लस तथा ग्यालेक्सी ७ डुओस जित्नुहुने भाग्यमानी ग्राहकहरु क्रमशः नवीन धुन श्रेष्ठ– मध्यपुर, बाबुरत्न महर्जन–ललितपुर, चिनी मैया श्रेष्ठ–ललितपुर, वेनु सुवेदी– विर्तामोड तथा मनमाया गुरुङ्ग–वसेनी चितवन हुनुहुन्छ ।

भाग्यशाली विजेताहरुलाई यही अगस्ट ६ तारिखमा पुरस्कार प्रदान गरिएको थियो । विजेता महानुभावहरुलाई पुरस्कार विरण सामसङ नेपाल शाखाका प्रवन्ध निर्देशक युवेओम वान, तथा टर्किस एयरका महाप्रबन्धक अहमेद अब्दुल्हाले गर्नु भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार