• होमपेज
  • अर्थ/वाणिज्य
  • १६ स्थानीय तहमा एनसीसी बैंक पुग्दै

१६ स्थानीय तहमा एनसीसी बैंक पुग्दै

  • मङ्लबार, साउन २२, २०७५
१६ स्थानीय तहमा एनसीसी बैंक पुग्दै

चार वटा राष्ट्रिय स्तरका विकास बैंकलाई गाभेको एनसीसी बैंक शाखा विस्तार कार्यलाई प्रथामिकतामा राखेर अगाडी बढर्दै आएको छ  । निजीस्तरबाट संचालित यो बैंकले हालसम्म १०८ वटा शाखा संचालनमा ल्याएको छ । मर्जरपछि कतिपय ठाउँमा शाखाहरु दोहोरिएकाले ती शाखाहरुलाई पनि मर्जमा लैजाने प्रक्रियाले गर्दा शाखा विस्तारमा पछाडी परेको र अब छिटै दुर्गम भेगहरु लगायत सुगम ठाउँहरुमा शाखा विस्तार गर्ने कुरा बैंक सम्बद्ध स्रोतले जनाएको छ ।  एनसीसी बैंकका कुल १०८ वटा शाखामध्ये उपत्यकाभित्र २६ वटा शाखा संचालनमा रहेका छन् । बाँकी ८२ वटा शाखा उपत्यका बाहिरका विभिन्न ठाउँहरुमा रहेका छन् ।

क्षेत्रीय कार्यलय पाँच वटा
एनसीसी बैंकका क्षेत्रीय कार्यलयहरु पाँच वटा रहेका छन् । विराटनगर, भैरहवा, नेपालगञ्ज, काठमाडौँ र विरगञ्जमा एनसीसी बैंकले क्षेत्रीय कार्यलयहरु स्थापना गरेको छ ।

एक वर्षमा ४० वटा शाखा 
गत आर्थिक वर्षमा एनसीसी बैंकले ४० वटा शाखा संचालनमा ल्याएको छ  । बैंकले उपत्यकाभित्र १२ वटा र बाँकी २८ वटा शाखा उपत्यका बाहिरका विभिन्न स्थानमा संचालन गरेको थियो ।  साथमा, गत बर्षमा ६१ वटा एटिएम थियो हाल ९ वटा एटिएम थप गरी ७० वटा पुर्याएको छ ।

३० वटा जिल्लामा शाखा पुग्न बाँकी
नेपालका कुल ७७ वटा जिल्लामध्ये ४७ जिल्लामा एनसीसी बैंकको शाखा विस्तार भैसकेका छन् भने बाँकी ३० वटा जिल्लामा एनसीसी बैंकको शाखा पुगेका छैनन् । सोलुखुम्बु, ओखलढुङगा, संखुवासभा, खोटाङ, भोजपुर, पाँचथर, धनकुटा, धादिङ, नुवाकोट, रसुवा, मनाङ, मुस्ताङ, गोरखा, पुर्वि रुकुम, प्यूठान, अर्घाखाँचि, हुम्ला, मुगु, डोल्पा, कालिकोट, जुम्ला, जाजरकोट, पश्चिम रुकुम, सल्यान, डडेलधुरा, बाजुरा, बझाङ, दार्चुला, अछाममा एनसीसी बैंकले  शाखा विस्तार गरेको छैन । यी जिल्लाहरुमा पनि छिटै शाखा विस्तार गर्ने कार्यनीति अगाडी बढाइसकेको बैंकले जनाएको छ । अहिलेसम्म बैंकिङ पहुँच नपुगेको १६ वटा स्थानीय तहहरुमा एनसीसी बैंकका शाखा पुग्दै छन् ।

चालु आर्थिक वर्षमा १७ वटा शाखा थपिँदै
चालू आर्थिक वर्षमा एनसीसीले शाखा विस्तारलाई प्राथमिकतामा राखेको छ । यो आर्थिक वर्षभित्र कुल १७ वटा शाखा विस्तार गरी कुल शाखा संख्या १२५ पुर्याउने बैंकको योजना छ । जसमध्ये, १३  वटा शाखा साउन महिनाभित्र नै संचालनमा ल्याउने र अरु बाकि शाखा यस आर्थिक बर्षभित्र संचालनमा ल्याउने बैंकले जनाएको छ । सबै स्थानीय तहरुमा बैंकको शाखा पुर्याउने सरकारी योजनालाई ध्यानमा राखी बैंकिङ पहुँच नपुगेका पहाडी तथा हिमाली क्षेत्रको अति विकट स्थानहरुमा बैंकको शाखा पुर्याउने बैंकको योजना रहेको छ ।

कुन प्रदेशमा कति शाखा
साउन महिनामा संचालनमा आउने तरखरमा रहेका १७ शाखासहित एनसीसी बैंकका शाखा १२५ पुग्दैछन् । जसमध्ये, सबैभन्दा बढि शाखा प्रदेश नं. ३ मा रहेका छन् । यहाँ कुल ४३ वटा शाखा सञ्चालनमा रहेका छन् । त्यस्तै प्रदेश नं. ६ मा सबैभन्दा थोरै ७ वटा शाखा मात्रै सञ्चालनमा रहेका छन् । यसबाहेक, प्रदेश नं. १ मा १४ वटा, प्रदेश नं २ मा १९ वटा, प्रदेश नं ४ मा १७ वटा, प्रदेश नं.५ मा १७ वटा र प्रदेश नं ७ मा ८ वटा शाखा संचालनमा रहेका छन् ।

शाखाबाहेक, एनसीसी बैंकले एक एक्सटेन्सन काउन्टर र ७० वटा एटिएम मार्फत ग्राहकहरुलाई सेवा दिँदै आएको छ । हालसम्म यस बैंकमा डेविट कार्ड होल्डरको संख्या ८० हजार दुई सय ९०, इन्टरनेट बैंकिङ प्रयोग गर्ने ग्राहकहरुको संख्या ९ हजार पाँच सय ९८ र मोबाइल बैंकिङको प्रयोगकर्ताहरुको संख्या ५ हजार पाँच सय ३२ रहेको छ । कुल १०८ शाखामध्ये, एनसीसी बैंकका १९ वटा शाखामा लक्कर सुविधा रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा