• होमपेज
  • समाचार
  • मन्त्री विश्वकर्माद्वारा निरीक्षण

मन्त्री विश्वकर्माद्वारा निरीक्षण

  • शुक्रबार, साउन १८, २०७५
मन्त्री विश्वकर्माद्वारा निरीक्षण

युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकूद (साग) लाई लक्षित गरी निर्माण र मर्मत भइरहेका भौतिक पूर्वाधारको आज निरीक्षण गर्नुभएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, सातदोबाटोस्थित कराते हल, पौडी पोखरी, कन्फ्रेन्स हल, सुटिङ रेन्ज र च्यासलस्थित एन्फा टेक्निकल सेन्टरको उहाँले निरीक्षण गर्नुभएको हो ।

निरीक्षणका क्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट, राखेपअन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्याय र सम्बन्धित निर्माण कार्यमा खटिएका इञ्जिनियरले कार्य प्रगतिका बारेमा मन्त्री विश्वकर्मालाई जानकारी गराउनुभएको थियो ।

सो अवसरमा मन्त्री विश्वकर्माले १३ औँ साग राष्ट्रको प्रतिष्ठा र गौरवसँंग जोडिएको विषय भएकाले चलिरहेको निर्माण कार्यलाई अझ तीव्रगतिमा बढाएर समयमै सम्पन्न गर्ने दिशामा अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि