• होमपेज
  • अर्थ/वाणिज्य
  • सेञ्चुरी बैंकको तीन शाखा विस्तार

सेञ्चुरी बैंकको तीन शाखा विस्तार

  • बुधबार, साउन १६, २०७५
सेञ्चुरी बैंकको तीन शाखा विस्तार

सेञ्चुरी कमर्सियल बैंक ले चितवन जिल्लाको टाँडी, महोत्तरी जिल्लाको बर्दिबास र धनुषा जिल्लाको विरेन्द्र बजारमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गरेका हुन् । शाखा कार्यालयहरु मार्फत ग्राहकहरुलाई कर्जा, निक्षेप लगाएतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।

बैंकको उपत्यकामा १२ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टर तथा उपत्यका बाहिर ८३ शाखा कार्यालय र २ वटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा रहेको छ । बैंकको १० शाखारहित बैंकिङ्ग सेवा समेत सञ्चालनमा रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार