• होमपेज
  • रोजगारी
  • रोजगारमूलक उद्योग स्थापना गर्न मन्त्री विष्टको आग्रह

रोजगारमूलक उद्योग स्थापना गर्न मन्त्री विष्टको आग्रह

  • बुधबार, साउन १६, २०७५
रोजगारमूलक उद्योग स्थापना गर्न मन्त्री विष्टको आग्रह

युवा तथा खेलकूद मन्त्रालय, युवा परिषद् मोरङ र नेपाल यूवा उद्यमी मञ्चद्वारा आज यहाँ आयोजित ‘युवा उद्यमशीलता र रोजगारीका अवसरहरु’ विषयक प्रदेश नं १ स्तरीय अन्तरक्रिया कार्यक्रममा उहाँले प्रत्येक वर्ष पाँच लाख युवाका लागि राजगारी सिर्जना गरेर विदेशिने क्रमलाई रोक्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री विष्टले उद्यमीलाई रोजगार र निर्यातमूलक उद्योग स्थापनाका आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न सरकार तयार रहेको बताउँदै विदेशी उत्पादनसँग प्रतिस्पर्धी गर्ने उत्पादनलाई सरकारले प्रोत्साहन गर्ने प्रस्ट पार्नुभयो ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले रोजगारी सिर्जना गर्ने कृषि, पर्यटन र निर्यात मुलुक उद्योग स्थापनामा सरकारले आवश्यक सहयोग प्रदान गर्ने बताउनुभयो । यसैगरी जिल्ला सहकारी संघ मोरङद्वारा यहाँ आज आयोजित ‘सहकारीमार्फत रोजगारी सिर्जना’ विषयक प्रदेश नं १ स्तरीय अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सार्वजनिक, निजी तथा सहकारीको साझेदारीमा मुलुकलाई समृद्ध बनाउने बताउनुभएको हो ।

मन्त्री विष्टले धेरै ठूलो जनसंख्या आबद्ध रहेका सहकारीको समस्या समाधान गरी थप व्यवस्थित बनाउन सरकारले आवश्य छलफल गरिरहेको चर्चा गर्दै सहकारीलाई बलियो बनाउनका लागि यसमा पारदर्शी र विश्वशनीयता आवश्यक छ भन्नुभयो ।

काम र जनशक्तिको तारतम्य नमिलेको अवस्थामा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको र यसको माध्यमबाट वर्षेनी करीब पाँच लाख युवालाई रोजगार प्रदान गर्ने बताउँदै उहाँले नेपाललाई आत्मनिर्भर बनाउन सबै सम्भावनाको उच्चतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री विष्टले व्यापार घाटा कम गर्न तथा रोजगार सिर्जना गर्नका लागि कृषिमा आत्मनिर्भर बन्नुपर्छ भन्दै छरिएर रहेका पूँजीलाई एकीकृत गर्न सहकारीको महत्व निकै छ बताउनुभयो ।

रोजगारी सिर्जना गर्न चुनौती रहे पनि प्रधानमन्त्री रोजगार कार्यक्रमले छोटो समयमै कार्य क्षमता बढाउन र रोजगारीको अवसर सिर्जना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उहाँले सहकारी सदस्यले उठाएको समस्या समाधान गर्न सरकार गम्भीर छ भन्नुभयो ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले तीन तहको ऐनको अभ्यास भइरहेको हाम्रो मुलुकमा श्रम ऐन पनि परिमार्जन हुने बताउँदै तीनखम्बे नीतिका आधारमा सहकारीले ऋण र बचतमा मात्र सीमित नभई उत्पादनतर्फ पनि ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य महेश रेग्मीले सहकारीको महत्वमाथि प्रकाश पार्नुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा