• होमपेज
  • अर्थ/वाणिज्य
  • सिटिजन्स बैंकले प्रत्येक महिना वेस्ट पुलिस अफ मन्थ पुरस्कार प्रायोजन गर्ने

सिटिजन्स बैंकले प्रत्येक महिना वेस्ट पुलिस अफ मन्थ पुरस्कार प्रायोजन गर्ने

  • मङ्लबार, साउन ८, २०७५
सिटिजन्स बैंकले प्रत्येक महिना  वेस्ट पुलिस अफ मन्थ पुरस्कार प्रायोजन गर्ने

सिटिजन्स बैंक इन्टरनेसनलले महानगरीय प्रहरी परिसर ललितपुरलाई ७ लाख २० हजार रुपैयाँ सहयोग गराएको छ ।महानगरीय प्रहरी परिसर ललितपुरमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले उक्त रकमको चेक महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख गणेशबहादुर ऐरलाई हस्तान्तरण गर्नुभयो।

प्रत्येक महिनाको पहिलो हप्ता वेस्ट पुलिस अफ मन्थ ललितपुर कार्यक्रम सञ्चालनका निम्ति सिटिजन्स बैंकले हरेक महिना तीन विधामा (अपराध अनुसन्धान तथा कारबाही, प्रहरी परिचालन तथा शान्ति सुरक्षा व्यवस्थापन र जनमैत्री सामाजिक सचेतनामुलक कार्यक्रम) पुरस्कृत हुने १/१ जना प्रहरी कर्मचारीलाई जनही रू २० हजार रुपैयाँको दरले एक वर्षका निम्ति सो रकम प्रदान गरेको हो ।

यसै कार्यक्रम अन्तर्गत असार महिनाको ३ उत्कृष्ट प्रहरी कर्मचारीलाई सोमबार एक कार्यक्रमबीच पुरस्कृत गरियो । पुरस्कृत हुनेलाई बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले नगद पुरस्कार जनही २० हजार रूपैयाँ र परिसर प्रमुख ऐरले प्रशंसा पत्र प्रदान गर्नुभयो ।

Facebook Comments

सम्बन्धित समाचार