• होमपेज
  • अर्थ/वाणिज्य
  • सेञ्चुरी बैंकले थप्याे हात्तिगौंडामा नयाँ शाखा

सेञ्चुरी बैंकले थप्याे हात्तिगौंडामा नयाँ शाखा

  • शुक्रबार, साउन ४, २०७५
सेञ्चुरी बैंकले थप्याे हात्तिगौंडामा नयाँ शाखा

सेञ्चुरी कमर्सियल बैंक (CCBL) ले शुक्रबारदेखि बुढानिलकण्ठको हात्तिगौंडामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका वडा नं ८ हात्तिगौंडामा शाखा कार्यालय सञ्चालनमा ल्याएको जनाएको हो ।

शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ र बुढानिलकण्ठको मेयर उद्धव प्रसाद खरेलले संयुक्त रुपमा गरेका हुन् । उद्धघाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीको पनि उपस्थिती रहेको थियो ।

यससँगै सेञ्चुरी बैंकको काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर पुगेकाे छ । बैंककाे उपत्यका बाहिर ८३ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार