प्राइम कमर्सियल बैंकको कमलपोखरी स्थित निर्माण भएको बैंकको करर्पोरेट भवन बनाउँदा ९ करोड घोटला भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई सम्बोधन गरि परेको उजुरीहरुको आधारमा हामीले समाचार तयार पारेका हौं ।
हाम्रो नियत बैंक र बैंकका सञ्चालक, उच्च कर्मचारी, सीइओहरुलाई बदनाम गराउने मनसाय होइन । उजुरीकै आधारमा उजुरीमानै भनिएका कुरा जनतालाई सू–सूचित गर्ने दायित्व हाम्रो हो । प्राइम बैंकका प्रवक्ता भाइराजा तुलाधरले उजुरीको हवला दिँदै समाचार आएको भनी खण्डन पठाएपछि हामीले बाध्य भएर उजुरीका कपि नै प्रकाशन गरेका छौं ।
सत्यता के हो ? त्यो हामीले छानवीन गर्ने होइन । राष्ट्र बैंक र अख्तियारमा परेको उजुरी प्रमाण हामीसँग सुरक्षित हुँदा हामीले समाचार दिने हो ।
समाचारमा आएका कुरा राष्ट्र बैंक र अख्तियारले उजुरी उपर छानवीन पछि सत्य तथ्य बाहिर आउँला नै । के पत्रकारले उजुरीमा भएका कुरा सार्वजनिक गर्नु अपराध हो ?
बैंकका सीइओ र राष्ट्र बैंकका प्रवक्ताको प्रतिक्रिया लिई समाचार सार्वजनिक गरेका छौं । आफुखुशी मनगणन्ते समाचार दिएका छैनौं । यसबाट सम्बन्धित बैंक र बैंकका सीइओ, उच्च अधिकृत, बैंकका अध्यक्ष, पूर्व अध्यक्ष र सञ्चालकहरुलाई पर्न गएको आरोप नै हो भने हामी क्षमा प्रार्थी छौं तर हामीले उजुरी भित्रका कुरालाई सार्वजनिक गरेका हौं । कसैको चरित्र माथी प्रश्न हामीले उठाएका छौनौं ।
उजुरीकर्ताहरुले भवन निर्माणमा घोटला भएको भन्दै अख्तियार र राष्ट्र बैंकमा उजुरी दिएका छन् । भने, बैंकका प्रवक्ता भाईराजा तुलाधरले घोटला भएको छैन । समाचारमा आएका सबै कुरा असत्य र झुटा हुन् भनेका छन् । हो वा होइन हामीलाई चासोको विषय होइन । उजुरी परेपछि राष्ट्र बैंक र अख्तियारले नै छानवीन गर्ने हो ।
हामीले उजुरीलाई आधार मानी समाचार तयार पारेका छौं । कसैको चरित्रलाई हत्या गराउने हाम्रो मनसाय होइन । – सम्पादक
उजुरीहरु जस्ताको तस्तै ः–
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी
राष्ट्र बैंकमा परेको उजुरीको जस्ताको तस्तैः–
प्राइम कमर्सियल बैंकले पठाएको खण्डन जस्ताको तस्तैः–