• होमपेज
  • प्रविधि
  • गुगललाई ५ बिलियन डलरको जरिवाना

गुगललाई ५ बिलियन डलरको जरिवाना

  • बुधबार, साउन २, २०७५
गुगललाई ५ बिलियन डलरको जरिवाना

अमेरिकी टेक्नोलोजी कम्पनी गुगललाई युपियन रेग्यूलेटर्सले ५ बिलियन डलरको जरिवाना तिराएको छ । यो रकम नेपाली रुपैयाँमा लगभग ५५ खर्ब रुपैयाँ हुन आउँछ । युरोपियन कमिसनले गुगलले आफ्नो एन्ड्रोइड अपरेटिङ सिस्टमको मार्केटिङ गलत तरिकाले गरेको आरोप लगाएको छ ।

यसका साथै गुगललाई स्मार्टफोन बनाउने कम्पनीस्लाई एन्ड्रोइड फोक्र्ड वर्जनमा चल्ने डिभाइस बनाउन नदिएको आरोप लगाएको छ । फोक्र्ड भर्जन (ओपन सोर्स एन्ड्रोइड) यसमा स्मार्टफोन बनाउने कम्पनीले आफ्ना तरिकाले कस्टोमाइज गरे र प्रोग्राम बनाउन सक्थे ।

गुगलको पेरेन्ट कम्पनी एल्फेवेटले कम्पनीलाई आफ्नो विजिनेस प्रैक्टिस परिवर्तन गर्न ९० दिनको समय दिएको छ । यदि गुगलले ९० दिनमा आफ्नो विजिनेस प्रैक्टिसमा कुनै परिवर्तन नगरेमा गुगलको दैनिक टर्नओभरको ५ प्रतिशत जरिवाना लिने चेतावनी समेत दिएको छ ।
गुगललाई जगाइएको जरिवना हालसम्मकै ठूलो जरिवाना भएको दावी गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार