• होमपेज
  • समाचार
  • एनसेलले गर्यो सेवा शुल्क समायोजन

एनसेलले गर्यो सेवा शुल्क समायोजन

  • मङ्लबार, साउन १, २०७५
एनसेलले गर्यो सेवा शुल्क समायोजन

एनसेल प्राईभेट लिमिटेडले आफ्ना सम्पूर्ण मूल्यमा नेपाल सरकारले दुरसञ्चार सेवा शुल्कमा हालै गरेको परिमार्जन अनुरुप नयाँ दुरसञ्चार सेवा शुल्क दर लागु हुने बताएको छ ।

नयाँ करको दर कार्यान्वयन गर्ने क्रममा एनसेलले विभिन्न सेवाहरुमा लाग्दै आएको कर अघिको मूल्यमा कुनै परिवर्तन गरेको छैन । साथै डेटा तथा भ्वाइस सेवामा आफ्ना ग्राहकलाई सुलभ रुपमा थप मूल्य प्रदान गर्न कम्पनीले नयाँ योजना पनि सार्वजनिक गरेको छ ।

दुरसञ्चार सेवा शुल्कमा भएको परिमार्जन लागु गर्ने क्रममा कम्पनीले आफ्ना सम्पूर्ण सेवाको मूल्य कर बाहेकको दरमा ग्राहकलाई सुसूचित गर्ने र उक्त मुल्यमा नयाँ सेवा शुल्क लागु हुने जनाएको छ ।

नेपाल सरकारले समसामयिक कर असुली ऐन अन्तर्गत गरेको आदेश तथा आर्थिक वर्ष २०७५÷७६ को बजेट वक्तव्यमा गरेको घोषणामा भ्वाइस तथा अन्य दुरसञ्चार सेवामा लाग्दै आएको ११ प्रतिशत दुरसञ्चार सेवा शुल्कलाई १३ प्रतिशत कायम गरिएको र इन्टरनेट सेवामा पनि १३ प्रतिशत सेवा शुल्क लगाइएको छ ।

साथै आफ्ना ग्राहकको सुविधाको लागि कम्पनीले ९० दिनको लागि लागु हुने गरी ल्याएको नयाँ योजनामा एनसेलले आफ्ना ग्राहकलाई थप डेटा भल्युम सहितको विभिन्न नयाँ दैनिक, ३ दिने, साप्ताहिक र मासिक डेटा प्याकहरु ल्याएको छ । त्यस्तै भ्वाइस सेवामा थप टक टाईम प्रदान गर्दै कम्पनीले नयाँ दैनिक, ३ दिने, साप्ताहिक, मासिक, डे तथा डे अनलिमिटेड भ्वाईस प्याकहरु ल्याएको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि प्याक सुचारु गरी थप लाभ लिन सक्नेछन् ।

‘‘एनसेलले नेपालको नियम तथा कानुनको सदैव सम्मान तथा पालना गर्दछ । साथै डेटा तथा भ्वाइस सेवामा ल्याइएको नयाँ योजनाले ग्राहकलाई सुलभ दरमा थप मुल्य प्रदान गर्ने हाम्रो प्रतिबद्घतालाई थप उजागर गर्दछ,’’ एनसेलका प्रमुख कमर्सियल अधिकृत एन्डी चोङ्गले बताए ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा