५० अर्बको जीवन बीमा !

  • मङ्लबार, साउन १, २०७५
५० अर्बको जीवन बीमा !

सुन्दा पनि अचम्म लाग्न सक्छ, एउटा बीमा कम्पनीको जीवन बीमा कोषमा ५० अर्ब रुपैयाँ पुगेको छ भन्दा तर, यो सत्य हो । नेपालको जीवन बीमा कम्पनीमध्ये एक नम्बर बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष ५० अर्ब रुपैयाँ रहेको भेटिएको छ ।

विवेक झा सीइओ रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी सबैभन्दा बढी चार अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अरू इन्स्योरेन्स कम्पनीले बीमा समितिले तोकेको २ अर्ब पूँजी अझै पु¥याएका छैनन् । समितिको निर्देशनपछि अधिकांश बीमा कम्पनीले हकप्रदको सहारा लिए पनि चुक्ता पूँजी पु¥याउन सकेका छैनन् ।

कम्पनीले देशभरका १ सय २५ भन्दा बढी शाखा र उपशाखा छन् । कम्पनीले सन् २०१३, २०१४, २०१६ र २०१७ मा गरी चारपटक ‘बेस्ट म्यानेजमेण्ट अवार्ड’ पाएको सीइओ झाले राजतिलक साप्ताहिकलाई बताए । विश्वव्यापी परामर्शदाता कम्पनी फ्रष्ट एण्ड सुलिभानद्वारा प्रदान गरिने ‘बेष्ट प्राक्टिस अवार्ड २०१६’ अन्तर्गतको फाइनान्सियल इन्ष्टिच्युसन अफ द इयर– इन्स्योरेन्स कम्पनी’ पनि यो कम्पनीले नै पाएको थियो ।

आफ्ना शेयरधनीहरूलाई ६५ देखि ८२ रुपैयाँसम्म (प्रतिहजारमा)बोनश दिएको जनाएको छ । सबैभन्दा बढी बोनश दिने कम्पनीभित्र नेपाल लाइफ पर्ने गर्दछ । नेपालको बीमा बजारमा एकतिहाइ बजार हिस्सा ओगटेको कम्पनीको अधिकृत पूँजी रु ८ अर्ब, चुक्तापूँजी रु ४ अर्ब ३९ करोड रुपैयाँ रहेको सीइओ झाले बताए ।

यस कम्पनीको लगानी रु ५७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष ५० अर्ब रुपैयाँ रहेको छ । नेपालका निजी इन्स्योरेन्स कम्पनीहरूले नेपाल लाईफबाटै सिक्दै बजार विस्तार गर्नुको विकल्प छैन । राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार