• होमपेज
  • अर्थ/वाणिज्य
  • नबिल बैंकको १२ गाउँपालिका शाखा विस्तार

नबिल बैंकको १२ गाउँपालिका शाखा विस्तार

  • मङ्लबार, साउन १, २०७५
नबिल बैंकको १२ गाउँपालिका शाखा विस्तार

नबिल बैंकले नेपालको प्रदेश नं. ५ र ७ का ग्रामिण नगरपालिकाहरुमा थप १२ वटा नयाँ आधिकारिक शाखाको उद्घाटन गरेको छ । डढेलधुरा, सुर्खेत, बजाङ, स्पन्देशी, जुम्ला, सल्यान, कालिकोट, बैतडी, अछाम र डोटीमा थरी १० जिल्लामा १२ वटा नयाँ शाखा बिस्तार गर्न सफल भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा माननीय अर्थमन्त्री डा.युवराज खतिवडा, बैंकका अध्यक्ष शम्भु प्रसाद पौडेल तथा बैंकका कार्यकारी अधिकृत अनिल केशरी शाहको उपस्थितिमा उक्त १२ नयाँ शाखाको इलेक्ट्रनिक उद्घाटन भएको
थियो ।
उक्त कार्यक्रमा अर्थ मन्त्री डा.युवराज खतिवडाले समृद्ध नेपाल सुखी नेपालीको वित्तिय समावेशिता, बैंकिङ्ग पहुँच तथा बैंकिङ्ग महत्वका बारे आफ्नो विचारहरु प्रस्तुत गरेका थिए ।

बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले विकट गाउँपालिकाहरुका १२ नयाँ शाखाबाट सेवा प्रदान गर्न पाएकोमा खुशी प्रकट गर्दे नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले अबलम्बन गरेको निति, कम्तिमा एक स्थानीय तहमा एउटा वाणिज्य बंकको शाखा होस् भन्ने भावनाले ती ठाउँमा बैंकले ग्राहक सुविधा उपलब्धताको लागि शाखा सञ्चालनमा ल्याएको बताए ।

व्यावसायिक र प्रभावकारी बैकिङ्ग सुविधाहरु प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायको बैकिङ्ग आवश्यकता नविनतम् रुपले परिपुर्ति गर्ने योजना अनुरुप प्रदेश ५ र ७ का १० जिल्लाको १२ स्थानमा नयाँ शाखाहरु मार्फत सेवा प्रदान गर्न पाउँदा खुशी लागेको र थप नयाँ शाखाहरुबाट ग्राहकहरुको सम्पूर्ण बैकिङ्ग सुविधाहरु दिई देशकै अग्रणी स्थानमा नबिल बैंक बनाउने उदेश्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा