ज्योति विकास बैंकले मोरङको खोर्सानेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सुन्दरहरैंचा नगरपालिकाको उक्त शाखा औपचारिक रुपमा सुन्दर हरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल र बैंकका सञ्चालक छत्रमान श्रेष्ठले उद्घाटन गरेका थिए ।
सो अवसरमा मेयर ढकालले आफ्नो नगरपालिकामा खुलेको यस विकास बैंकले सरल र सुलभ बैकिङ्ग सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताएका थिए ।
साथै बैंकका सञ्चालक छत्रमान श्रेष्ठले ज्योति विकास बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा खोर्सानेमा शाखा खोलेको बताउँदै ज्योति विकास बैंक मार्फत कारोवार गरि सहयोग गर्न अनुरोध समेत गरेका थिए ।