एनएमबि बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुका लागि नेपालको आधुनिक क्यान्सर अस्पताल NCHRC (Nepal Cancer Hospital and Research Center) सँग बिभिन्न सेवा तथा सुबिधाहरुमा छुट प्रदान गर्ने बिशेष सम्झौता भएको छ ।
सम्झौतामा बैंकका Chief Business Officer सुदेश उपाध्याय र अस्पतालको तर्फकाट Executive Chairman डा. सुदिप श्रेष्ठले संयूक्त हस्ताक्षर गरेका थिए । यस अस्पतालमा अन्तराष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुबाट बिभिन्न खाले क्यान्सर रोगहरुको उपचार हुने गरेको छ ।
सम्झौता अनुसार NMB VISA Debit तथा NMB Credit Card को प्रयोग गरि अस्पतालमा उपलब्ध क्यान्सर रोगको Screening Package, Radiology, Laboratory and Bed Charges मा १० % (दश प्रतिशत) र Radiation Therapy and Brachytherapy मा ७ % (सात प्रतिशत) सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।