लक्ष्मी बैंक लि. र लक्ष्मी बैंक लि. को सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित लक्ष्मी केयर्सको संयुक्त आयोजनामा बाराको महागढीमाई नगरपालिका बरियारपुरमा रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा सोलार जडान गरेको छ ।
बैंकले २० लाखको लागतमा १४ थान सोलार जडान गरी एक कार्यक्रमका बिच शनिबार हस्तनान्तरण गरेको छ । गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले मन्दिर परिसरमा आयोजना सोलार हस्तनान्तरण कार्यक्रममा लक्ष्मी बैंकका डायरेक्टर विश्वकर्ण जैनले हस्तनान्तरण गरेका छन ।
महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले पर्यटकिय स्थलमा लक्ष्मी बैंकले जडान गरेको सोलारलाई नगरपालिकाले सुरक्षा दिने र त्यसको रेखदेख गरी बेला बेलामा सोलार प्यानलको सरसफाई गराउने बताए ।
त्यसै गरी बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह वादेको प्रमुख आतिथ्यतामा बनेपा नगरपालिका क्षेत्रभित्र वृक्षारोपण कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा लक्ष्मी बैंकको तर्फबाट दिपेश अमात्य, राजिव सापकोटा, भारती पाण्डे, बनेपा शाखाका कर्मचारीहरु; बनेपा वातावरण संरक्षण अभियान समूहका सदस्यहरु लगायत अन्य विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति थियो ।
वृक्षरोपण कार्यक्रम बनेपा नगरपालिकाको वडा नं. ९ स्थित गणेशस्थानबाट शुरु भई नेपाल खानेपानी संस्थान, बनेपा शाखाको प्राङ्गणमा पुगि सम्पन्न भएको थियो । सो कार्यक्रम अन्तर्गत २०० वटा विभिन्न प्रजातीका विरुवा तथा फलफूलका विरुवाहरु रोपिएको थियो ।