• होमपेज
  • समाचार
  • साउदीमा फौरी आइएमई उमङ्ग स्किम

साउदीमा फौरी आइएमई उमङ्ग स्किम

  • शुक्रबार, असार २२, २०७५
साउदीमा फौरी आइएमई उमङ्ग स्किम

साउदीस्थित फौरीबाट नेपाल पैसा पठाउँदा विभिन्न आकर्षक पुरस्कारहरू प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । साउदीबाट नेपाल आइएमई गर्ने सम्पूर्ण सेवाग्राहीहरू सहभागी हुन सक्ने यो योजना ५ जुलाईबाट शुरु भइ ३० सेप्टेम्बर २०१८ सम्म कायम हुनेछ ।

यो योजना अवधिभर ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरूमध्ये हरेक दिन ५ जना भाग्यशाली सेवाग्राहीलाई एक÷एक आकर्षक टिसर्ट, हरेक हप्ता एक जना सेवाग्राहीलाई ३२ इन्चको एलईडी टेलिभिजन र १ जना भाग्यशाली विजेतालाई साउदीबाट नेपालसम्मको यात्राको लागि हवाई टिकट प्रदान गरिनेछ ।

यस योजना अन्तर्गत साउदीबाट नेपालमा आइएमई मार्फत पैसा पठाउने सेवाग्राहीहरुको ट्रान्जेक्सन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छनोट गरिनेछ ।

पुरस्कार ग्रहण गर्नको लागि पैसा पठाउँदा प्राप्त भएको रिसिप्ट साथमै लिएर आउनुपर्नेछ । यो योजनामा आइएमईमा कार्यरत कर्मचारी, संचालक र व्यावसयिक साझेदार यो योजनामा सहभागी हुन पाउने छैनन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने