स्थापनाको २० वर्ष पार गरेको, ८ अर्ब भन्दा बढी पूँजी, १० लाखभन्दा बढी ग्राहक, १५ सयभन्दा बढी कर्मचारी रहेको एनआईसी एशिया बैंकले पछिल्लो समय छलाङ नै मारेको भेटिएको छ ।
करिब करिब २ सय शाखा सञ्जाल रहेको एनआइसी एशिया बैंकमा खर्बौंको डिपोजिट र अर्बौंको कर्जा सस्तो ब्याजदरमा ग्राहकले पाएका छन् । डिपोजिट कर्जालाई १२ प्रतिशतको ब्याजदर र लोनका ग्राहकलाई ८ देखि १० प्रतिशतमा कर्जा प्रवाहगरे र चर्चित बनेका एनआइसी एशिया बैंकमा कहिले तरलता अभाव देखिएको छैन ।
नेपालका चर्चित माडवाडी घराना समूहको लगानी रहेको सो बैंकमा युवा कर्मचारीहरूको चुस्त व्यवस्थापन टिमले बैंक हाँकेको अवस्था छ ।
बैंक हाँक्न व्यवस्थापन टिमलाई कुनै दबाब नदिएको बैंक सञ्चालक समितिको उचित निर्णयले बैंक अगाडि बढेको खुलस्तै छ । स्थापनाकालदेखि नै लगानीकर्तालाई उच्च प्रतिफल दिँदै आएको एनआइसी एशिया बैकले राष्ट्र बैंकको निर्देशन अनुसार दुर्गम गाउँपालिका र नगरपालिकामा शाखा सञ्जाल पु¥याउँदै आएको छ ।
‘बैंक पनि साथी पनि’ को नारा दिएर अगाडि बढेको बैंकको विज्ञापनमा चर्चित नायिका मनिषा कोइराला रहेकी छिन् । यसले पनि बैंकलाई अगाडि बढ्न मद्दत पुगेको देखिन्छ ।
२८ वटा वाणिज्य बैंकहरूमा नम्बर १ बनेको एनआइसी एशियाको आफ्नै ‘एनआइसी क्यापिटल’को जन्म समेत भएको छ । ग्राहकलाई अनलाइन बैकिङसम्बन्धी सबै सेवा दिएको यो बैंकले छोटो समयमै ग्राहकलाई कर्जा दिने निर्णय गरेका कारण ग्राहकहरूले एनआइसी बैंक रुचाएको देखिन्छ ।
सस्तो ब्याज छिटो कर्जा प्रवाह र उच्च सुशासनबाट चलेको एनआइसी एशिया बैंकको लोभलाग्दो प्रणालीकै कारण अरू बैंकहरूले पनि सिक्नुपर्ने भएको देखिन्छ । बैंकमा हाल सीइओ पद रिक्त छ । तर डिपुटी सीइओ रोशन न्यौपानेले कामु सीइओका रूपमा बैंक हाँकिरहेका छन् । राजतिलक साप्ताहिक