बैंकर्स एशोसिएसनका निवर्तमान अध्यक्ष अनिल केशरी शाह नविल बैंकको सीइओमा नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकले तोकेको ६ महिनाको कुलिङ पिरिएड सकिएसँगै बैंकको सञ्चालक समिति बैठकले शाहलाई प्रमुख कार्यकारी अधिकृत बनाउने निर्णय गरेको हो ।
युवाहरुको माझ चर्चित रहेका सेलिब्रेटी बैंकर भनेर चिनिने शाह नेपाल राष्ट्र बैंकले तोकेको ६ महिनाको कुलिङ पिरिएडकै कारण नबिल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्बेवारी सम्हाल्दै आएका थिए ।
शाहले नेपाली बैंकिङ बजारमा ठूलो योगदान दिएका छन् । शाह भन्ने वित्तिकै मेगा र नबिल बैंक निकै चर्चामा आउछन् । उनी नबिलबाट बाहिर आई मेगा बैंक खडा गरे त्यसलाई बजारमा प्रतिस्पर्धा गर्न सक्ने एउटा प्रबल बैंक बनाए । मेगा बैंकको नाम लिने बित्तिकै अनिल केशरी शाहको नाम नलिने त सायदै कोही छैन होला । मेगा बैंकमा स्थापना कालदेखि निरन्तर लागि परेका शाह अन्तत बाफियाको बाध्यकारी व्यवस्थाका कारण ६ महिना अघि मेगा बैंक छाडेका थिए ।
राष्ट्र बैंकले ६ महिनासम्म अन्त जान नमिल्ने गरी निर्देशन जारी गरेपछि नबिल बैंकले शाहलाई चोरबाटोको रुपमा डेपुटी सीईओ बनाएर लगेको थियो ।
शाह करिब तीन दशकदेखि नेपालको वित्तीय क्षेत्रलाई नजिकबाट नियालिरहेका छन् । नेपाल ग्रिन्डलेज बैंकबाट बैकिङ क्षेत्रमा प्रवेश गरेका शाह नबिल बैंकलाई ‘ब्रान्डिङ’ गर्ने सीइओको रूपमा पनि चिनिन्छन् । मेगा बैंकको संस्थापक सीइओ हुँदै केही समय अगाडि मात्र उनी फेरि पुरानै नबिल बैंक फर्किएका छन् ।
३३ वर्ष लामो यात्रा गरी नबिलमा पुनः ८ वर्षपछि फर्किएका हुन् उनी । उनी नबिललाई बूढादेखि तन्नेरीसम्मको बैंक बनाउने योजनामा छन् । २१औं शताब्दीमा युग सुहाउँदो बैंक बनाउने योजनामा छन् अनिल केशरी शाह । नबिलमा पहिले उनी सीइओको रूपमा कार्यरत थिए । अहिले राष्ट्र बैंकले लागू गरेको ‘कुलिङ पिरियड’ का कारण उनी निमित्त कार्यकारी अधिकृत (डिपुटी सीइओ) बाट फेरी सीइओमा बढुवा भएका छन् । अब फेरी नबिल ठुलो फड्को मार्ने कुरा प्रस्टै छ ।